सर्लाही | नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो।
प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले ‘इन्काउन्टर फेक’ भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आरोप लागेकाहरूविरुद्ध जाहेरी दिएका थिए। सो जाहेरीमा पालमाथि पनि छानबिन होस् भन्ने माग गरिएको छ। तर प्रहरीभित्रको आन्तरिक राजनीतिका कारण उनलाई कार्यकालअघि नै मुद्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागिपरेका थिए।
उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेर पालविरुद्ध मुद्दा चलाउनुपर्ने सुझाव दिएका थिए। तर प्रधानमन्त्री देउवाले यो विषयमा अहिले ध्यान दिनुनपर्ने भनेपछि मात्रै सो कार्य रोकिएको स्रोतको दाबी छ।
सर्लाही | पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्द सफल भएको पार्टीको सर्लाही जिल्ला सेक्रेटरि कमल सुस्लिङले बताएका छन ।
आज साँझ एक बिज्ञप्ति जारि गर्दै सुस्लिङले पाँच दिने संघर्षका कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष सम्पन्न पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रकट गरेका हुन ।
जनताको ढाड सेक्नेगरि जनताको प्रत्यक्ष सरोकारका ग्यास, मट्टितेल, पेट्रोल, डिजेल जस्ता पदार्थमा गरिएको मुल्यबृद्धिका बिरुद्धमा पार्टीले बिभिन्न चरणको आन्दोलन गर्दै आएको थियो । आन्दोलनको अन्तिम कार्यक्रम अन्तर्गत आज नेपाल बन्द गरिएको जिल्ला सेक्रेटरि सुस्लिङले बताए ।

जिल्लाका कुनै पनी स्थानमा कुनै किसिमको अप्रिय घट्ना नभएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।
राप्रपाको महाधिवेशन मंसिरमा हुने माहोल तात्दै गर्दा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमालले राप्रपाको आगामी एकता महाअधिबेशन अगाडि नै पार्टीको बिधानको विषयमा व्यापक छलफल हुनु पर्नेमा जोडदार माग गर्नु भएको छ ।
आज सामाजिक संजाल फेसबुक मार्फत नेता रिमालले एमाले जस्तो पार्टीको बिधान अधिबेशनले बिधानको टुंगो लगाए जस्तै राप्रपाको केन्द्रिय समिति वा कार्य सम्पादन समितिको बैठक मार्फत छलफल गरि बिधानको अनुमोदन गर्नु पर्ने माग गर्नु भएको हो ।नेता रिमालले पार्टी बिधानमा पदाधिकारी निर्वाचन ,युवाको प्रतिनिधित्व ,उमेर हदको ब्यबस्था,पदमा बस्न पाइने अबधि र पार्टी समरचना लगायतका विषयमा महाधिवेशन भन्दा अगाडि नै छलफल गर्न समेत माग गर्नु भएको छ ।
यसभन्दा अगाडि पनि उहाँले पार्टी पूर्ण प्रजातान्त्रिक बनाउनु पर्छ , केन्द्रिय समितिका पदाधिकारीहरुको मनोनयन होइन निर्वाचन प्रक्रियाबाट जानुपर्छ भन्नेमा जोडदार आवाज उठाउनु भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको हो ।
राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशमा मदन बहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी अध्यक्ष चयन भएका छन् ।
यसैगरी बागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको श्रेष्ठले बताए । यसैगरी लुम्बिनी प्रदेशमा ऋषिराज सापकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय विजयी भएका छन् ।
राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । मंसिर ३,४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनौट हुने कार्यतालिका रहेको पनि श्रेष्ठले जानकारी दिए ।
नेपाली कांग्रेस सर्लाहीमा देखिएको विवाद मिलेको छ । सोमवार बिहान जिल्ला पार्टी कार्यालय मलंगवामा जिल्ला निर्वाचन अधिकृत दिवाकर राज पाण्डेको संयोजकत्वमा बसेको कांग्रेस नेताहरुको छलफलले विवाद मिलाउन सफल भएको कांग्रेस नेताहरुले बताएका छन ।
छलफलमा वर्तमान सभापति नागेन्द्रकुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रित सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला बालबाफिका एवं युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह, जिल्ला सचिव एवं प्रदेश सांसद् उपेन्द्र प्रसाद कुशवाहा, ३ नम्बर क्षेत्रीय अध्यक्ष पुण्य प्रसाद घिमिरे सहभागी थिए भने पूर्व सभापति लक्ष्मण रायको पक्षबाट जिल्ला सचिब नवीन अधिकारी, पूर्व उपसभापति विनोद खनाल, महासमिति सदस्य एवं युवा नेता बलराम झा, रविनन्दन चौधरी र नेपाल शिक्षक संघका पूर्व अध्यक्ष कौशलकिशोर राय सहभागी भएका थिए ।
कांग्रेस निकट २ पत्रकार तथा बाक्लो सुरक्षाका बिच भएको गम्भिर छलफल पश्चात विवाद मिलाईएको श्रोतले बताएको छ । बैठकले आगामी मंसिर २ गते वडा अधिवेशन, ५ गते पालिका, ८ गते प्रदेश सभा अधिवेशन, १० गते संघिय अधिवेशन र जिल्ला अधिवेशन मंसिर १२ गते गर्ने निर्णय गरेको छ ।
यसअघि खटिएका निर्वाचन अधिकृत विनोद कार्कीले दुवै पक्षको विवादका कारण कात्तिक २६ गते राजिनामा दिएका थिए । उनको राजिनामा पश्चात केन्द्रीय निर्वाचन समितिले दिवाकर राज पाण्डेलाई कात्तिक २७ गते सर्लाही निर्वाचन अधिकृतको रुपमा खटाएको थियो ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय पार्टी कार्यालयमै राखिएको छ ।
सर्लाही | पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको छ । बन्दको प्रभाव देशभरि नै देखिएको छ ।
सर्लाहीमा पनी शान्तिपुर्ण तवरबाट आम जनसमुदायले नै नेपाल बन्दलाई साथ दिएको पार्टीको जिल्ला सेक्रेटरि कमल सुस्लिङले जानकारि दिनुभयो ।
सुस्लिङले हिजो एक प्रेस बिज्ञप्ति जारि गर्दै नेपाली जनताको ढाड सेक्नेगरि जनताको प्रत्यक्ष सरोकारका ग्यास, मट्टितेल, पेट्रोल, डिजेल जस्ता पदार्थमा गरिएको मुल्यबृद्धिका बिरुद्धमा कार्तिक ३० गत्ते सम्पुर्ण कलकारखाना, शैक्षिक संस्था तथा यातायात बन्द गरि न्यायपुर्ण आन्दोलनमा एकाकार हुन अपील गर्नुभएको थियो ।
सेक्रेटरि सुस्लिङले जिल्ला भित्र केहि अत्यावश्यक सवारि साधनलाई चल्न दिईएको र सिटिईभिटिका बिद्यार्थीको परिक्षा चलिरहेकोले उनिहरुको परिक्षालाई बाधा नपारिएको बताउनुभएको छ ।
जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रवक्ता प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीका अनुसार सर्लाहीमा बन्दको सामान्य प्रभाव परेको छ । लामा दुरिका सार्वजनिक सवारि छुटेका छैनन । जिल्लाका बिभिन्न ठाउँमा कुनै अप्रिय घट्ना नहोस भनेर सतर्कता अपनाईएको छ । ठाउँ ठाउँमा प्रहरिको संख्या बढाईएको छ ।