सर्लाहीको लालबन्दी नगरपालीका १३ पत्थरकोटस्थित छेडा गाउँमा रहेको भिमसेन मन्दिर परिसरमा शुक्रवार १७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
पुर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भिमसेन गुठिका सदस्यहरुको परिवारका पुरुष ७५ बर्ष र महिला ७० बर्ष माथीका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

कार्यक्रमका अन्य अतिथीमा वडाध्यक्ष शिवकृष्ण बैद्य, शिक्षक अधिकृत टिकाराम श्रेष्ठ, पुर्व शैनिक अधिकृत चन्द्रदेव श्रेष्ठ लगाएत रहेका थिए ।
कार्यक्रममा १० जना पुरुष र ७ जना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको चन्द्रदेव श्रेष्ठले जानकारि दिनुभयो ।
सर्लाही | ईश्वरपुर १० बेला, खैराबजारमा लागेको सामा चकेवा पर्वमा शुक्रवार सामा चकेवा प्रतियोगीता गरिएको छ । बिहिवारबाट शनिवारसम्म लाग्ने ३ दिने मेलाको दोश्रो दिन सामा चकेवा प्रतियोगीता भएको हो ।
प्रतियोगीतामा आसपासका थारु समुदायका युवतीहरुले बनाएको लगेको सामा चकेवाको मुल्यांकन गरिएको थियो । प्रतिस्पर्धामा ईश्वरपुरकै वडा नम्बर ९ स्थित राम नगर प्रथम, १० नम्बरको खैरा बजार दोश्रो र चन्द्रनगर ७ को खड्काटोलको टोली तेश्रो भएको थियो ।
प्रतियोगीतामा पहिलो, दोश्रो र तेश्रो हुने टोलीलाई क्रमशः ४ हजार, २ हजार र १ हजार पुरस्कार रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी प्रतियोगीहरुलाई लोकतान्त्री समाजवादी पार्टी लोसपाका जिल्ला संयोजक नागेश्वर महतोले पुरस्कार रकम प्रदान गरेका थिए ।
लोप हुँदै गएको सामा चकेवाको संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेला आयोजक समितीले जानकारि दिएको छ ।
सर्लाही | चन्द्रनगरका २ समाजसेवी युवाले शुक्रवार १२५ जना दलित वालबालीकाको लागी शैक्षिक सामाग्री प्रदान गरेका छन । चन्द्रनगरका युवा समाजसेवीहरु भागनारायण गुप्ता र शिवनाथ राउतले चन्द्रनगर गाउँपालीका तथा ईश्वरपुर नगरपालीकाका बिभिन्न वडामा बसोवास गर्ने बिपन्न मुसहर समुदायका वालवालीकालाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
पिस फर पिपुल नामक एक संस्थासँगको सहकार्यमा समाजसेवी युवाद्वय भागनारायण र शिवनाथले बालबालीकालाई कापि, पेन्सिल, कटर, औजारबक्स लगाएतका शैक्षिक सामाग्री बितरण गरेका हुन ।
मुसहर समुदायमा शैक्षिक चेतना नभएको र ईटाभट्टामा मात्रै काम गर्ने बालबालीकालाई हेर्ने फुर्सद नभएका कारण आफुहरुले शिक्षा प्रति चासो जगाउन बालबालीकालाई उनिहरुकै ठाउँमा पुगेर शैक्षिक सामाग्री प्रदान गरेको युवा भागनारायण गुप्ताले बताउनुभयो ।

युवाद्वयले करिव २ बर्षदेखि त्यस क्षेत्रका मुसहर वालवालीकाको लागी निशुल्क ट्युसन बढाउँदै आएका छन । हाल त्यो निशुल्क ट्युसन प्रदेश २ का बिभिन्न २० ठाउँमा भन्दा बढि क्षेत्रमा थालीएको युवा शिवनाथले बताए । ती ठाउँहरुका समाजसेवी युवाहरुसँग सहकार्य गरि तथा आवश्यक प्रबन्ध मिलाई बालबालीकाको लागी ट्युसन कक्षाको ब्यवस्था मिलाईएको उनिहरुको भनाई छ ।
त्यस क्षेत्रका मुसहर समुदायले ज्याला मजदुरिबाट छाक टार्दै आएका छन ।