उपभोक्ताले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक (मोबाइल नम्बर)लाई अर्को सेवा प्रदायकको नेटवर्क (सिम)मा बदल्न सकिने गरी सरकारले ‘मोबाइल नम्बर पोर्टिबलिटी’ कानुनी प्रस्ताव गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीलाई लाभ हुने गरी नम्बर परिवर्तन नगरी अर्को सेवा प्रदायक नेटवर्कबाट सेवा लिन सक्ने गरी नियमावलीको मस्यौदा तयार गरेको छ ।
प्राधिकरणले सुझावका लागि सार्वजनिक गरेको ‘मोबाइल नम्बर पोर्टिबलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ मा आवश्यक पर्दा आफ्नो एउटा कम्पनीको नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।
यो व्यवस्था लागु भएमा नेपाल टेलिकम, एनसेल वा स्मार्टका सेवाग्राहीले आफ्नै नम्बरबाट अर्को नेटवर्कमा बदलेर सेवा लिन सक्ने छन् । अर्थात् नेपाल टेकिलमका प्रयोगकर्ताले एनसेल वा स्मार्ट, एनसेलका प्रयोगकर्ताले टेलिकम वा स्मार्ट र स्मार्टका प्रयोगकर्ताले टेलिकम वा एनसेलको नेटवर्कमा स्विच गरेर सेवा लिन सक्ने छन् । यो व्यवस्थापछि पुरानो सिमकार्डकै नम्बरबाट नयाँ सेवा प्रदायकको नम्बर लिने पाइनेछ ।
सरकारले यो सेवा दिने गरी कुनै एक कम्पनीलाई नम्बर पोर्टिबिलिटी क्लियरिङ हाउसका रुपमा अनुमतिपत्र दिने छ ।
सर्लाही | प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पनि सहभागी भएको छ । आईतवार बिहान नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र साँसद प्रमोद यादव मन्त्रीको शपथ लिएका हुन् ।
महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवार पाएका छन् । आइतवार विहान मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराए ।
नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् ।
यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएनन् । सहमती जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाडौं नै पुगेका थिए ।
सर्लाही | जिल्ला प्रहरि कार्यालय सर्लाहीमा काज सरुवा भई आएका प्रहरि उपरिक्षक एसपी कृष्ण प्रसाईंको जिल्लामै दरबन्दी कायम भएको छ ।
प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको सरुवा गर्दा प्रसाईंको सर्लाही जिल्लामा नै दरबन्दी कायम भएको हो । एसपी प्रसाईले गएको कात्तिक ८ गतेदेखि न २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट काज सरुवा भएर आएर सर्लाही प्रहरीको नेतृत्व सम्हाल्दै आएका छन ।
यसअघिका एसपी सन्तोष सिंह राठौरको पुलिस एकेडेमी महाराजगन्ज काठमाण्डौंमा काज सरुवा भएको थियो ।
राठौरको अहिले काठमाण्डौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा दरबन्दी कायम भएको छ ।
काठमाडौं | नेपाल पत्रकार महासंघले राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई राजीनामा दिन आग्रह गरेको छ ।
पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।
महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ’ महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन् ।
महासंघका केन्द्र, प्रदेश र शाखा समितिका पदाधिकारी विभिन्न दलको कार्यसमितिमा निर्वाचित हुँदा र प्रतिनिधि बन्दा उनीहरुको स्वतन्त्रताको विषयमा सार्वजनिक प्रश्न उठेका बेला महासंघले उनीहरुलाई नैतिकता देखाउन भनेको हो ।

गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजना को बुँदा ३.५. मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ’ व्यवस्था रहेको पनि महासंघले बताएको छ ।