२०८३ श्रावण ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ५ मंगलवार

नेपाली काग्रेस निजगढको नगर अधिवेशनबाट सभापतिमा नवराज तिमल्सिना सहित प्यानल बिजयी भएका छन । हिजो निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ व्याङ्गकुट पार्टी प्यालेसमा सम्पन्न भएको अधिवेशनमा तिमल्सिनाको प्यानलका सबै समुह निर्वाचनबाट निर्वाचित भएका हुन । सभापति तिमल्सिनाले ९१ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पधी महेशी कुवरले ७७ मत प्राप्त गरे । नगर कार्य समितिको नेतृत्वको लागि कांग्रेस भित्र दुई प्यानलबीच मतदान भएको थियो ।

मतदानमा १७२ मध्धे १६९ मत खसेको थियो । अधिवेशनबाट नगर कार्यसमितिमा आगामी कार्यकालको लागि उपसभापतीमा रामकृष्ण सिग्देल र ज्ञान बहादुर गोले, सचिवमा अम्वीर सिंतान र मधु तिमल्सिना र सहसचिवमा बुद्वीमान शाही र सोपिला गुरुङ निर्वाचित भएका हुन । यस्तै अन्य ४४ जना भने सर्वसहमत भएको बताईएको छ ।

अधिवेशनबाट ५१ सदस्यीय कार्य समति चयन भएको हो । संस्थापन पक्षले निर्वतमान सभापति कुवरलाई पुःन सभापतिको उम्मेदवार बनाएको थियो भने संस्थापन इतर पक्षबाट नवराज तिमल्सिनाले उम्मेदवारी दिएका थिए । कुवरको प्यानलबाट उपसभापतीमा ज्ञानेन्द्र चौलागाई र सूर्य घलान, सचिवमा बद्री चिमरिया र गोविन्द न्यौपाने, सहसचिवमा गोपालकाजी श्रेष्ठ र हस्तबहादुर कार्कीलाई उम्मेदवार थिए ।

वडा अधिवेशनमा जस्तै नगर कार्यसमितिको नेतृत्वमा चयनमा पनि काग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । कुवँर नेतृत्वको प्यानललाई काग्रेस नेता शम्भुबहादुर बुढाथोकीको समर्थन रहेको थियो भने तिमल्सिनाको प्यानललाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षको समर्थन रहेको छ । मेयर खनाल भने वडा नम्बर ९ बाट यसअघि नै क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।