प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटार, ललितपुरले आइतबार आयोजना गरेको परियोजनाको कार्यान्वयन अवस्था बारे जानकारी कार्यक्रममा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, किसान वर्ग र देशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि परियोजनाले गर्दै आएको नियमित कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा संचालनमा ल्याउन निर्देशन दिएका छन् ।
मन्त्री यादवले, परियोजनाले गर्दै आएका कामहरुको पारदर्शिता र अनुदानको नितिमा सुधार ल्याउन आवश्यक रहेको बताए ।
उनले भने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा लिनुपर्ने मन्त्री यादवले जनाए । कृषिमा राज्यले प्रदान गर्दै आएको अनुदान सुविधा लक्षित समुहसम्म पुग्न नसकेको र विपन्न किसानको जीवनस्तर उकास्न भन्दै आएको अनुदान सुविधा टाठाबाठा र पहुँचवालाले लिदै आएको समेत मन्त्री यादवले बताएका छन् ।
यो गलत प्रवृत्तिलाई तोड्न आफुले कुनै कसर बाकी नराख्ने बताउदै मन्त्री यादवले भने, “वास्तविक किसानले अनुदान नपाएकै कारण न कृषि उत्पादन बढायो, न विपन्न किसानको जीवनस्तरमा सुधार आयो ।” ब्रीफिङमा संलग्न रहेका कर्मचारीहरुलाई मन्त्री यादवले बजेटमा पारदर्शी भएर काम गर्न निर्देशन दिएका हुन् ।
ब्रीफिङमा परियोजनाको संक्षिप्त्त परिचय, परियोजनाको सम्भागहरुको स्थिति एवं प्रगति, आ. व. २०७८/७९ को परियोजना, परियोजनाको उपलब्धि, समस्या, चुनौती र सवाल लगायतका विषयहरुमा छलफल भएको हो । कार्यक्रमका प्रमुख अतिथिका रुपमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव रहेका थिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीव द्वय डा. श्री गोविन्द प्रसाद शर्मा र श्रीमती निरु दाहाल पाण्डे समेतको विशेष उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता परियोजनाका निर्देशक बैकुण्ठ अधिकारीले गरेका थिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजी सचीव डा. दिनेश यादव, परियोजनाका कर्मचारीहरु, र सञ्चारकर्मी समेतको उपस्थिति रहेको सो कार्यक्रमको उद्घोषण परियोजनाका वरिष्ठ अधिकृत दिवसराज विष्टले गरेका थिए ।
बिज्ञापन सेवा समिति (बिसेस) सर्लाहीले जिल्लामा पहिलो पटक आयोजना गरेको सर्लाही आईडल नोबेल पुरस्कार २०७८ को उपाधि नथुनी बिश्वकर्माले जितेका छन ।
जिल्ला भित्रका २० ओटै पालीकाबाट सहभागी भएका करिव ७० जनालाई पछि पार्दै बिश्वकर्माले उपाधि जितेका हुन । मलंगवा स्थित होटल कुशुम पार्टी प्यालेसमा आईतवार भएको अन्तिम प्रतिस्पर्धामा छानिएका १३ जनालाई पछि पार्दै बिश्वकर्मा ऐतिहासिक आईडल बिजेता बनेका हुन ।
बिज्ञापन सेवा समिति सर्लाहीका अध्यक्ष बख्तियार अलीको सभाध्यक्षता तथा गायक सन्तोष कर्णको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
आइडलको उपाधि बिजेताले ५१ हजार रुपैँया जितेका छन । त्यस्तै उप–बिजेताले नगद ३१ हजार र तेस्रो हुनेले नगद २१ हजार रुपैयाँ र कदरपत्र प्राप्त गरेका छन् ।
प्रतियोगीताको निर्णायकको रुपमा मैथली गाएक सन्तोष कर्ण र रौतहटका मंजुर आलम रहेका थिए ।