नेकपा माओवादी केन्द्र सर्लाहीको २ वटा नगरमा आज शनिवार नगर कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी नगरपालीकास्थित सभाहलमा र बागमतीमा बृहत कार्यक्रमका बिच सपथ ग्रहण सम्पन्न भएको हो ।
माओवादीका बरिष्ट नेता नारायणकाजी श्रेष्ठको बिशेष उपस्थितीमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको माओवादी निकट युवा संगठन वाईसियलका केन्द्रिय सदस्य समिर बराईलीले जानकारि दिनुभयो ।
उहाँका अनुसार लालबन्दीमा अर्जुन जर्गा मगरको अध्यक्षतामा गठित ६५ सदस्यीय कमिटि र बागमतीमा कुमार तुम्सिङको अध्यक्षतामा गठित ६५ जनाको कमिटिीका पदाधिकारिलाई सपथ ग्रहण गराईएको हो ।
सर्लाहीको नारायणखोलामा आज(शनिवार) नेकपा एकीकृत समाजवादीको वडा भेला सम्पन्न भएको छ । लालबन्दी नगरपालीका १४ मा समाजवादीको भेला सम्पन्न भएको हो ।
प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सत्रुधन महतोको बिशेष उपस्थितीमा वडा भेला गरिएको हो । वडा नम्बर १४ स्थित मोटरदोभान स्कुलमा भएको भेलाबाट श्यामबहादुर कल्तानको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी र चक्रबहादुर ब्लोनको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ गठन गरिएको त्यहाँबाट प्रेम बहादुर तामाङ्गले जानकारि दिनुभयो ।
पार्टीका नगर कमिटी अध्यक्ष राजन काफ्लेको अध्यक्षता तथा मन्त्री महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य लक्ष्मण पौडेल, केन्द्रीय सदस्य बेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, जिल्ला सचिव गोविन्द अधिकारी, जिल्ला कमिटी सदस्य एवं हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले, अर्का जिल्ला कमिटी सदस्य सुक्र थिङ, प्रेम लो लगायतको उपस्थिती रहेको थियो ।
मन्त्री महतोले कार्यक्रमलाई सम्वोधन गर्दै विकट क्षेत्रमा पर्ने नारायणखोलावासीको जनजीविकालाई सहज बनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वडा भेलाको अवशर पारेर प्रदेश सभा सदस्य तथा पार्टीकी केन्द्रीय सदस्य लुंगेलीले आगलागीमा परेर बिचल्लीमा परेको नारायणखोला मोटरदोभानका टेकबहादुर मगरको परिवारलाई सोलार सहयोग गर्नुभएको छ ।
सर्लाही | चन्द्रनगरमा ३० औँ अन्तराष्ट्रिय दिवशको अवशरमा शुक्रवार कार्यक्रम गरिएको छ । अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगरको आयोजनामा ‘हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका व्यक्तिको अधिकार’ भन्ने मुल नाराको साथ भव्य कार्यक्रम गर्दै दिवश मनाईएको हो ।

चन्द्रनगर गाउँपालिकामा काम गर्ने अपाङ्गता समावेशी विकास केन्द्र नेपालले ग्रामीण नारी उत्थान हरीपुर र रास्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र नेपाल, मलङ्गवा सङ्गको सहकार्यमा नाडिमनताल स्थित चन्द्रनगर गाउँपालिकाको प्राङ्गणमा कार्यक्रम गरेको हो । कार्यक्रममा गाउँपालिका भरीका ३०० जना अपाङ्गता भएको ब्यक्तिहरुको उपस्तिथि रहेको थियो ।
उक्त कार्यक्रम मार्फत २५ जना अपङ्गता भएका स्थानिय विद्यार्थीलाई शैक्षिक सामग्री र ३० जना अपाङ्गता भएका ब्यक्तिलाइ सम्मान लगायत अन्तरक्रिया कार्यक्रम गरिएको त्यहाँबाट शिवनाथ राउतले जानकारी गराउनु भएको छ ।

अपाङ्गता समावेशी विकास केन्द्र नेपाल चन्द्रनगरका अध्यक्ष शिवनाथ राउतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख महेन्द्र महतो प्रमुख अतिथी रहेका थिए । त्यस्तै विशिस्ट अतिथिमा उप–प्रमुख बिनादेवी साह सहित शिक्षा प्रमुख हरिकान्तलाल कर्ण, वडाध्यक्षहरु, क्ल्ख्(ल्भउब िको जिल्ला प्रतिनिधि अम्बिका यादव लगाएतका ब्यक्तिहरु अतिथी रहेका थिए ।
काठमाण्डौँ | कृषी तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबारकै दिन द काठमाडौ पोस्ट राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित “Fertilizer Crisis Could Spell Economic Disaster, Expects Warm” शिर्षकको समाचारमा ध्यानाकर्षण भएको मन्त्रालयका सह-सचीव एवं प्रवक्ता प्रकाश कुमार सन्जेलजले जानकारी गराएका छन् ।
मन्त्रालयका सह-सचीव एवं प्रवक्ता समेत रहेका प्रकाश कुमार सन्जेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा मंसिर १७ गते अर्थात ३ डिसेम्बरको द काठमाडौ पोस्ट राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित “Fertiliser Crisis Could Spell Economic Disaster, Expects Warm” शिर्षकको समाचारको “…. After India ignored the proposal to sign a long-term government-to-government deal to import fertiliser, Nepal has formally written to China for the same” अंशप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।
रसायनिक मल आयात सहजीकरणका लागि नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सरकार देखी सरकार विधिबाट ५ वर्षका लागि वार्षिक डेढ लाखदेखि २ लाख मेट्रीक टनसम्म मल आयातका लागि भारत सरकारसंग पत्राचार भइ स्वीकृतिको क्रममा रहेको र कृषि सामग्री कम्पनी लिमिटेड एवं साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले भारतबाट खरिद गरेको ५० हजार मेट्रीक टन आइपिएल मलमध्ये ४५ हजार मेट्रीक टन मल प्राप्त भइसकेको र ५ हजार मेट्रीक टन प्राप्त हुने क्रममा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भारत सरकारबाट मल आयात सम्बन्धमा प्राप्त सहयोग र समन्वयका लागि आभार सहित सोको यथार्थता विपरीत द काठमाडौ पोस्ट राष्ट्रिय दैनिक पत्रीकामा प्रेषित समाचारको अंशले मन्त्रालयको धारणा प्रतिबिम्बित नगर्ने व्यहोरा प्रेस विज्ञप्तीमार्फत अनुरोध समेत गरिएको हो ।
कुटनैतिक विषयहरूमा समाचार सम्प्रेषण गर्दा दुइपक्षिय सम्बन्धलाई असर नपर्ने गरि र मन्त्रालयबाट उपलब्ध गराइने वस्तुपरक एवं यथार्थ विषयहरुमा आधारित रहेर मात्र समाचार प्रकाशन र प्रसारणका लागि सञ्चार माध्यमहरुलाई विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।
आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।
झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनु भयो ।
उहाँका अनुसार यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ । यसको प्रभाव नेपालमा नरहने भएकाले सूतक बार्न नपर्ने उहाँले बताउनुभयो ।