२०८३ श्रावण २१ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण २१ बिहीबार

सर्लाही | गोडैता नगरपालीका १२ मधुवनीगाउँ स्थित नेपाल भारत बोर्डर नजिकैबाट प्रहरिले सोमवार दिउँसो लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

भारततर्फबाट नेपाल आउँदै गरेको ०३–०२–०३१ प् २७८१ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलमा सवार रामनगर गाउँपालीका ५ बस्ने २९ बर्षिय राजेश कुमार यादवलाई शंका लागी चेकजाँच गर्ने क्रममा प्रहरिले लागुऔषध बरामद गरेको हो ।

चेकजाँचका क्रममा यादवको साथबाट ९०० ओटा पिस नाईट्रोभेट टेन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरिले बताएको छ ।

सर्लाही | सोमवार राती करिव साँडे १० बजेतिर आगलागी हुँदा सर्लाहीको हरिपुर्वाका नागा रायको घर जलेको छ । हरिपुर्वा ७ खिला टोलका रायको काठको घरमा राती एक्कासि आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र काठपात जलेर नष्ट भएको छ । जिल्ला प्रहरि कार्यालय सर्लाहीका अनुसार गाईको गोठमा बालेको घुरबाट आगो सल्किएर आगलागी भएको हो ।

करिव २ लाखको क्षति हुने गरि भएको आगलागीबाट मानवीय तथा चौपायाको भने कुनै क्षति नभएको र राती ११ बजेतिर आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारि दिएको छ ।

त्यसैगरि गएको मध्यरातमा भएको आगलागीबाट जिल्लाको बिष्णु गाउँपालीका ४ बस्ने ५ जनाको पराल तथा दाउरा राख्ने फुसको गोठ जल्दा करिव १ लाख १० हजार बराबरको क्षति भएको छ ।

राती भएको आगलागीबाट वडा नम्बर ४ का बिन्देश्वर साहको पारालको टाल र २ ओटा दाउरा राख्ने टहरो जल्दा करिव ५ हजार बराबर, सोहि ठाउँका सगुनी रायको अन्दाजी १० हजार बराबरको परालको टाल, सोनेलालको २० हजार बरारको पराल, उपेन्द्र रायको १५ हजार बराबरको पराल र बिश्वनाथ रायको १५ हजार बराबरको पराल जलेको हो ।

सर्लाही | ईलाका प्रहरि कार्यालय हरिवनले मंगलवार दिउँसो एक कार्यक्रमको आयोजना गरि बिभिन्न मिती र समयमा बरामद बजाज कम्पनीका ६ वटा मोटरसाईकल सम्बन्धित निकायलाई बुझाएको छ । बिभिन्न समयमा प्रहरिको सक्रियतामा चोरि भई फेला पारिएका, बेवारिसे अवस्थामा भेटिएका मोटरसाईकलहरु सम्बन्धित निकायलाई बुझाएको हो ।

प्रहरिले हरिवनका दिपेन्द्र थापाको कालो रंगको २२० सिसिको २ ओटा पल्सर, दाङका फिरलाल चौधरिको निलो रंगको २२० सिसिको पल्सर, धनुषाका कमल यादवको रातो रंगको २२० सिसिको पल्सर, बाराका सुसन तामाङको २०० सिसिकाृ एनएस पल्सर र महोत्तरिका लवराज देवकोटाको १५० सिसिको कालो रातो पल्सर मोटरसाईकल सम्बन्धित मोटरसाईकल धनिलाई बुझाएको हो ।

त्यसका साथै ईलाका प्रहरी कार्यालय हरिवनले मंगलवार शान्ति सुरक्षा सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रमुख प्रहरि उपरिक्षक कृष्ण प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा सशस्त्र प्रहरि बल हरिवनका प्रमुख दिपेन्द्र थापा, नेकपा समाजवादीका सर्लाही जिल्ला संयोजक सुरेन्द्र लामा, माओवादी केन्द्रका सर्लाही संयोजक कमल बुडाथोकी, नेकपा समाजवादी हरिवन नगर कमिटि अध्यक्ष चुडामणि वाग्ले, बिभिन्न राजनितिक दल सम्बद्ध प्रतिनिधिहरु, ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सुर्य दाहाल, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, हरिवन नगरपालीकाका बिभिन्न वडाका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उठेका बिषयबस्तुहरुको सम्बन्धमा प्रमुख अतिथी एस.पी.कृष्ण प्रसाईंले जवाफ दिनुभएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रवक्ता एवं सुचना अधिकृत प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

लक्ष्मि गुरुङ | सर्लाहीको लालबन्दी सोमवार राती भएको सवारि दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालीका १ स्थित बागवानी पुल नजिकै राती पौने ९ बजेतिर पश्चिमतर्फ जाँदै गरेको यात्रुबसले बिपरित दिशाबाट आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ना ५ ख १४९९ नम्बरको बसले लु ७७ प ९२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा रामेछापको सोलु घर भएका ३५ बर्षका राजेश घिमिरे खत्रीको ज्यान गएको हो । दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेका खत्रीलाई लालबन्दीको मोडेल अस्पतालमा सामान्य उपचार पश्चात नेशनल मेडिकल कलेज वीरगंज रेफर गरिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए ।

ठक्कर दिने बसका चालक फरार रहेकोले खोजी भईरहेको र बस र मोटरसाईकल ईलाका प्रहरि कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीका प्रवक्ता एवं सुचना अधिकृत प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।