झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएपछि झापामा राप्रपामा प्रवेश गर्नेको लर्को नै लागेको छ ।
अधयक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका लिङदेनलाई राप्रपाका कार्यकर्ता मात्र नभई तमाम झापाबासीको न्यानो सम्मान ब्यक्त भएको थियो ।
पुस ३ गते झापा आएका राप्रपा अध्यक्ष लिङदेन झापा बसुन्जेल पार्टी प्रवेशको लर्कोले भ्याइ न भ्याई भएको राप्रपाका झापा जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिए ।
पुस ३ गते बिर्तामोडमा भएको स्वागत तथा पार्टी प्रवेश कार्यक्रममा ३७५ जना, बाह्दशी गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा २५० जना, कचनकवल गाउँपालिकामा ५० जना, भद्रपुर नगरपालिकामा ५२३ जना, झापा क्षेत्र नं ५ को गौरीगञ्ज, गौरादह।कमल गाउँपालिका र दमक नगरपालिकाबाट ५०० भन्दा बढी नेकपा एमाले, नेपाली कांग्रेस र माओबादी केन्द्र परित्याग गरि राप्रपामा प्रवेश गरेको राप्रपा जिल्ला अध्यक्ष ओझाले जनाएका छन् ।
राप्रपामा प्रवेश गर्नेमा नेपाली कांग्रेसको समानुपातिक उम्मेद्वार बिकेन्द्र मेन्याङबो, नेकपा एमालेको कर्मचारी विभागको पूर्व केन्द्रिय सदस्य मातृका आचार्य, माओवादी केन्द्रका दुर्गा खरेल लगायत विभिन्न पार्टीको उपल्लो नेतृत्वमा रहेका व्यक्तिहरु रहेको राप्रपा झापाले जनाएको छ ।
सर्लाही | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा सोमवार बिहान ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि बिद्यार्थीहरु आक्रोशित एवंं त्रसित भएका छन ।
लालबन्दी नगरपालिका–९, बस्तीपुरमा ट्रकको ठक्करबाट जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १७ वर्षीय दीपेन्द्रकुमार यादवको मृत्यु भएको थियो । चन्द्रनगर गाउँपालिका–१, रतनपुरका दीपेन्द्र लालबन्दीमा भाडाको कोठामा बस्दै आएका थिए । सोमवार बिहान ट्युसन पढ्न सडक पार गर्न खोज्दा ट्रकले ठक्कर दिएको थियो ।

आफ्नो साथीको दुर्घटनामा ज्यान गएपछि मंगलवार पनि बिद्यार्थीले राजमार्गमा टायर बालेर प्रदर्शन गरे । उनिहरुले सोमवारको दुर्घटना एक प्रतिनिधि घट्ना मात्रै भएको र सम्बन्धित निकाय बेलैमा सचेत नभए अन्य बिद्यार्थीको पनी अकालमै ज्यान जाने निश्चित रहेको बताए ।
राजमार्गसँगै रहेको बिद्यालय आसपास कतै जेब्रा क्रसिङ नभएको, बिभिन्न सुचनामुलक बोर्डहरु नभएको, बिद्यालय क्षेत्रमा सवारिको गति तिब्र हुने गरेको लगाएतका कारणले राजमार्गमा बिद्यार्थीहरु असुरक्षित रहेका उनिहरुको भनाई थियो । सोमवार पनि बिहान १० बजेतिर केहि बेर राजमार्ग अबरुद्ध गरेका बिद्यार्थीले मंगलवबर लालबन्दीको डुमडुमे मन्दिर नजिकै र नगरपालीका अगाडि टायर बालेर प्रदर्शन गरे ।

बिद्यार्थीहरुले बिभिन्न नाराबाजी गर्दै नगरपालीका कार्यालय तिर ढुंगा हान्न थालेपछि नेपाल प्रहरि र शसस्त्र प्रहरिको टोली पुगेको थियो । बिद्यार्थीको ढुंगा प्रहारबाट लालबन्दी नगरपालीकाको डिजिटल बोर्डमा क्षति पुगेको छ ।

केहि बेरको आन्दोलन पश्चात प्रबिनिधि बिद्यार्थी, ईलाका प्रहरि कार्यालय लालबन्दीका प्रमुख ईन्स्पेक्टर निर्मल थापा, र लालबन्दी नगरपालीका मेयर मान बहादुर खड्का, प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सिना लगाएतका सरोकारवालाबिच सकारात्मक सहमती भएको बुझिएको छ ।

बिद्यार्थीले अवरुद्ध गरेको राजमार्ग केहि घण्टा पछि खुलेको थियो ।

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् ।