सर्लाही | लालबन्दीमा रहेको जनज्योती बहुमुखि क्याम्पसको प्रमुखमा उमेश तिमल्सिना नियुक्त हुनु भएको छ ।
बिद्यालय ब्यवस्थापन समितीको सोमवारको बैठकले तिमल्सिनालाई क्याम्पस प्रमुख बनाउने निर्णय गरेको हो । यस अघिका क्याम्पस प्रमुख पाध्यापक डा. रेवती प्रसाद न्यौपानेले राजिनामा दिएपछि बिद्यालय ब्यवस्थापन समितीले तिमल्सिनालाई क्याम्पस प्रमुख बनाएको हो ।
डा. न्यौपाने क्याम्पस प्रमुख हुनु अघि तिमल्सिना निमित्त क्याम्पस प्रमुख रहनुभएको थियो । क्याम्पसको प्रमुखमा नियुक्त भईसकेपछि तिमल्सिनाले आफ्नो कार्यकालमा गुणस्तरिय शिक्षामै जोड दिने बताउनु भएको छ । उहाँले नियमित कक्षा संचालन र क्याम्पसको पास हुने प्रतिशतलाई बृद्धि गर्ने आफ्नो लक्ष्य रहेको समेत सुनाउनुभयो ।

१५ बर्षदेखि निरन्तर अध्यापन पेशामा रहनुभएका शिक्षक तिमल्सिना ३ बर्षे कार्यकालका लागी क्याम्पस प्रमुख बन्नु भएको हो ।
ब्यवस्थापन समितीको बैठकले पा.डा. न्यौपानेको राजिनामा स्विकृत गर्दै तिमल्सिनालाई क्याम्पस प्रमुख र धर्मेन्द्र अधिकारिलाई उप–प्रमुखमा नियुक्त गरेको छ ।
सर्लाही सहित तराईका जिल्लामा केहि दिनदेखि शितलहर सँगै बढेको कठ्यांग्रीदो जाडोका कारण बिद्यालयहरु धमाधम बन्द हुन थालेका छन ।
अत्यधिक जाडो बढेपछि जिल्लाको लालबन्दी नगरपालिकाले १० दिनका लागी बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै १० दिनका लागि नगरभित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मंगलवार दिईएको १० दिने जाडो बिदा वर्षे बिदामा कटौती हुनेगरी दिन लागिएको नगरपालिकाद्वारा जारि सुचनामा जनाईएको छ ।
