२०८३ श्रावण ९ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ९ शनिबार


लायन्स क्लब अफ इन्टरनेस्नल ३२५ ए २ रि डिस्ट्रिक ३२५एच डिस्ट्रिकमा गभर्नरका लागि दिनेस क्षेष्ठ एकल उम्मेदवार रहेका छन तर लायन्सको बिधान अनुसार गभर्नर नियुक्त हुन क्षेष्ठले ५१ प्रतिशत एस भोट भने ल्याउनु पर्ने हुन्छ । उनले सो एस भोट प्राप्त नगरेमा बिधान अनुरुप पुनः गभर्नरका निम्ती निर्वाचन प्रक्रिया अघि बड्नेछ ।
यस्तै फस्ट भाईस गभर्नरका निम्ती निजगढका बिनोद कुमार भारती र काठमाडौंका सम्भु बहादुर थापा बिच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी सेकेन्ड भाईस गभर्नरमा डा. राम सरण थपलिया र बिमल हाडा बिच निवार्चन हुने भएको छ ।
यस निर्वाचनमा फस्ट भाईस गभर्नर र सेकेन्ड भाईस गभर्नरले मतका आधारमा बिजयी हुनेछन ।
यसैगरी फस्ट भाईस गभर्नर बिजयी भएका व्यक्ति अर्को कार्यकालका निम्ती गभर्नर र सेकेन्ड भाईस गभर्नर बिजयी भएका व्यक्ति फस्ट भाईस गभर्नरको एस भोटका निम्ती सोत चयन हुने छन ।
लायन्स क्लब अफ इन्टरनेस्नल ३२५ ए २ बाट नयाँ डिस्ट्रिक ३२५ एच डिस्ट्रिक बनेका कारण यो पटक सबै पदका निम्ती निर्वाचन भएको हो भने त्यसपछ्यातका कार्यकालका निम्ती केबल सेकेन्ड भाईस गभर्नरका निम्ती मात्र प्रतिस्पर्धा हुने लायन्सको बिधानमा उलेख्ख गरिएको छ ।
भारती र थपलिया बिजयहुने आकंलन
फस्ट भाईस गभर्नरका उम्मेदबार निजगढका बिनोद कुमार भारती निकै शालिन र मिलनसार मानिन्छ । उनी निजगढमा स्थापना भएको लायन्स क्लब अफ निजगढका चाटर मेम्बर हुन । करिब २३ वर्षीय लायन्स यात्रामा उनी लायन्स क्लब अफ निजगढका चाटर मेम्बर हुदै सोही क्लबका अध्यक्ष हुदै जोन चियर पर्सन, रिजन चियर पर्सन, एरिया कोर्डिनेटर हुदै डिस्ट्रिकका बिभिन्न तहमा बसेर कार्य गर्दै आएका छन ।
हाल यस डिस्ट्रिकको मातहतमा पर्ने क्लबहरुमा भारतीको राम्रै पकट र सहकार्य रहेको बताईएको छ । भारतीको बिजयीले यस क्षेत्रमा रहेको क्लबहरुको निम्ती समेत निकै पाईदाजनक हुने देखिएको छ । लामो समयपश्यात् तराईबाट नेत्रीत्वमा केही आउन नसकेको बेलामा भारतीले दिएको उम्मेदवरीलाई यस क्षेत्रका क्लबहरुले निकै प्रशंसा गरेका छन भने तराई बाहेक यस डिस्ट्रिकको मातहतमा पर्ने भक्तपुर, काठमाडौं, सिन्धुलि लगाएतका क्लबहरुले समेत उनलाई बिजय बनाउन अभियाननै संचालन गरेका छन ।
लायन्समा मात्र होईन भारतीको व्यतिगत आचरण तथा सहयोगी भाबनाका कारण उनी सधै चर्चामा रहने गरेका छन । तराई तथा देश भर उनले असहाय तथा गरिबलाई सहयोग गर्दै आएका छन ।
यस्तै सेकेन्ड भाईस गभर्नरमा डा. राम सरण थपलिया ठमेल बिकास परिषद्मा दुई पटक अध्यक्षको भुमिका निर्बाह गरिसकेका छन भने उघोग बिणिज्य महासंघको केन्द्रिय सदस्यमा समेत निवार्चित भएका थिए । उनी लयान्समा बिभिन्न भुमिकामा रहेर काम गर्दै क्याबिनेट ट्रेजर समेत भईसकेका थपलियाको काठमाडौंका निकै बलिया लायन्स क्याडर हुन ।
यसपटक पहाडबाट सेकेन्ड भाईस गभर्नरको उम्मेदवारका रुपमा डा. राम सरण थपलिया र बिनोद कुमार भारती तराईबाट फस्ट भाईस गभर्नरका उम्मेदबारहुदाँ यस मिलनलाई तराई तथा पहाडको मिश्रण भएको भन्दै निकै चर्चा समेत पाएका छन जसकारण ऊनीहरुको बिजयी सुनिश्चित रहेको लायन्सका व्यक्तिहरूको दाबि रहेको छ ।

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, शंखरापुर नगरपालिका-३ बोझेनी बस्ने ५२ वर्षीय पदम बहादुर थिङ र उनकै श्रीमती ४५ वर्षीया फुल मायाँ थिङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनीहरुले बुधबार राति कोठामा कोइला बाली झ्याल ढोका बन्द गरी सुतेको बुझिएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका-३ झागाझोलीस्थित सुनकोशी नदीको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिलाको शव बिहीबार फेला परेको छ ।

ओखलढुङगा, लिखु गाउँपालिका-४ मोसाबारीस्थित निर्माणाधीन सामुदायिक अस्पातलमा लेबर काम गर्ने दैलेख नोमुले गाउँपालिका(३ घर भएका ३१ वर्षीय मन बहादुर विक मोसाबारीस्थित बाटो नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा, सागुरीगढी गाउँपालिका-३ ईनामे बस्ने ६० वर्षीय डिल्लीश्वर कुरुमवाङ ९लिम्बु० सोही गाउँपालिका-३ बरबोटेस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।