सर्लाही | सबैभन्दा पुरानो तथा पहिलो नगरपालिका मलंगवा बजारको मुटु मानिने बालमन्दिर चोक अहिले कुरुप बनेको त्यहाँका स्थानियले बताएका छन ।
सो क्षेत्रमा झण्डै एक महिनादेखि बन्दै गरेको नाला र पुलको काम समयमा पूरा नहुँदा सडकमा हिंड्ने पैदल यात्रीदेखि साना ठुला सबैखाले सवारीसाधनहरुलाई आवतजावतमा समस्या भइरहेको छ ।

त्यहाँ १/२ दिन काम हुने र रोकिने, फेरि स्थानीयको दवाब आएपछि काम सुरु गर्ने प्रकृया चलिरहेको त्यहाँका बासिन्दाको गुनासो छ । नालसहितको पुल निर्माणको काम ठप्प हुँदा बजार क्षेत्र कुरुप मात्रै बनेको छैन चारै तिर खाल्डाखुल्डी, जताततै राखिएका निर्माण सामाग्रीले दुर्घटनाको जोखिम उत्तिकै बढाएको छ ।
सडक छेउमा रहेका पुराना नालाहरुबाट निस्केका फोहर पानीले सडकलाई डुबाएको छ ।
निर्माण कम्पनी र नगरपालिकाले पानीको निकासका लागि बन्दै गरेको नाला र पुलको काम समयमै नगरे वर्षातको मौसममा त्यहाँका व्यापारी लगायत स्थानीयबासीन्दालाई निकै समस्या हुनसक्ने मलंगवाबाट पत्रकार मनोज यादवले बताउनुभयो ।
सर्लाही | लालबन्दीबाट ९ बर्षिया बालिकालाई बलात्कार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिकाकी वालिकालाई यहि माघ १९ गत्ते ४ बजेतिर बलात्कार गर्ने वडा नम्बर ९ का सोम बहादुर गोलेलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको हो ।
पक्राउ परेका गोलेलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान तथा कारवाहि भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।
बलात्कारको शिकार भएकी बालिका उपचार पश्चात घरमै रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी बुडाथोकीको भनाई छ ।
सर्लाही | लालबन्दी नगरपालीका १ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमुना बृद्धसेवाश्रममा हरेक दिन जसो बिभिन्न ब्यक्तिहरुले जन्मदिन तथा पुण्य तिथीमा बिभिन्न खाले सहयोग गर्दै आएका छन । बिभिन्न मनकारी ब्यक्ति तथा संस्थाहरुको सहयोगमा आश्रममा आश्रितहरुलाई सहयोग मिलिरहेको छ भने आत्मियताको अनुभव पनि भईरहेको आश्रमकी संचालिका भवानी कोईरालाको भनाई छ ।
आज आईवार पनी आश्रममा केहि मनकारि ब्यक्तिहरुले पुण्य तिथी र जन्मदिन मनाएका छन ।
आज बिहान लालबन्दी नगरपालीका १ नवलपुर बस्ने अमृत बहादुर बस्नेतले आफ्नी आमाको १३ औँ पुण्य तिथीका अवसरमा आश्रममा आश्रीतहरुलाई एक छाक मिष्ठान्न भोजन गराउनुभएको छ ।
त्यसैगरि हरिपुर १ हजारबिगाहाका टंक बहादुर खड्का र लक्ष्मीदेवी खड्काले छोरा किरणको जन्मदिनको अवशरमा एक छाक मिष्ठान्न भोजनको ब्यवस्था गर्नुभएको आश्रमकि संचालिका भवानी कोईरालाले जानकारि दिनुभयो ।

त्यसैगरि आज नै आश्रमका लागी आज एक वाटर डिस्पेन्सर र पानीको जार प्राप्त भएको छ । आनन्द मार्ग राहत उद्धार टोली हरिवन ११ सर्लाहीले आश्रममा सो सामाग्री हस्तान्तरण गरेको हो ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्रीले आफ्नो जन्मदिनको अवशरमा मानवसेवा आश्रम हरिवनमा १० हजार रुपैँया आर्थीक सहयोग गर्नुभएको छ । क्षेत्रीले मानवता प्रवर्धन महाअभियान अन्तर्गत सदरमुकाम मलंगवा बजारमा सडकको अवस्था अवलोकन पश्चात आश्रमलाई आर्थीक सहयोग गर्नुभएको हो ।

मानवसेवा आश्रम केन्द्रीय कार्यालयको निर्देशन अनुरुप मानवसेवा आश्रमको सात प्रदेशका सम्पूर्ण १७ वटै जिल्ला शाखाहरुले नियमित रात्रिकालिन सडकसेवा अन्तर्गत जिल्ला सदरमुकाम मलंगवामा पहिलो पटक सडकको अवस्था अवलोकन गरिएको हो ।
सर्लाही | बेमौसमी वर्षाले सर्लाहीका इँटा व्यवसायीहरूलाई ठुलो क्षति पु¥याएको छ ।
बिहिवार रातीदेखि परेको झरीले काँचो ईटा नष्ट पारेको लालबन्दीका ईटा ब्यवसायी प्रकाश थपलियाले बताउनुभयो । उहाँका अनुसार इटाको मध्य सिजनमा परेको बेमौसमि झरिले एक भट्टाबराबर १५ लाख बढि ईटा नष्ट गरेको छ ।
एउटा भट्टामा बनेको काँचो ईटाको करिव १० देखि १५ प्रतिशतमात्रै ईटा काम लाग्ने खालका रहेका ईटा ब्यवसायीको भनाई छ । ब्यवसायीहरुलाई प्रतिभट्टा ३० लाख बराबरको क्षति भएको उनिहरुको भनाई छ ।
जिल्लामा ९३ वटा ईटा उद्योग रहेका छन । जिल्ला समन्वय समितीका सभापती समेत रहनुभएका सर्लाही ईटा उद्योग ब्यवसायी संघका अध्यक्ष मेथुर चौधरिका अनुसार जिल्लामा करिव १२ करोड माथीको काँचो ईटा नष्ट हुँदा ब्यवसायीलाई करीव ३५ करोड मुल्य बराबरको क्षति भएको छ । काँचो ईटाको कुनै पनी खालको बिमा समेत नहुने भएकोले ब्यवसायी मारमा परेको उहाँको भनाई छ ।
३ दिन देखिको बर्षाले ईटामा क्षति पु¥याएपछि ईटाको मुल्य बृद्धि हुने हरिवनमा रहेको मिदास ईटाका संचालक ईटा ब्यवसायी सुदन श्रेष्ठले बताउनुभयो ।
क्षति पुगेको ईटाको क्षतिपुर्ति कतैबाट नआउने भएकोले ईटाको मुल्य बृद्धि गर्नुको बिकल्प नरहेको ब्यवसायीहरुको भनाई छ ।
सर्लाही | प्रहरीले बनाउन राखिएको मोटरसाईकल चोरी गरि पार्टपुर्जा खोली अर्कै वर्कशपमा राखिएको अवस्थामा फेला पारि २ जनालाई पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको जुटपानी वर्कशपमा मर्मतका लागी राखिएको ना४२प ८७७४ नम्बरको मोटरसाईकल हराएको सुचना प्राप्त हुनासाथ प्रहरीले खोजि कार्यलाई तिब्रता दिएको थियो ।

शनिवार ५ बजेतिर मोटरसाईकल हराएको खबर पाएको प्रहरीले राती साँडे १० बजे हरिपुर नगरपालिका ७ स्थित चिताईनमा रहेको रबिन वर्कशपमा पार्टपुर्जा खोलेको अवस्थामा फेला पारेको हो ।
बिशेष सुचनाको आधारमा पुगेको प्रहरीको टोलीले मोटरसाईकलको पार्टपुर्जा सँगै वर्कशप संचालक २२ बर्षका रबिन चौधरि र २३ बर्षका अजय चौधरिलाई पक्राउ गरेको छ ।
वर्कसप संचालक चौधरिद्वयलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारी दिनुभयो ।
सर्लाही | वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार सरस्वती पूजाकै दिन ‘मल्टी अर्गान फेलर’का कारण मंगेसकरकाे निधन भएकाे हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको उपचार थालिएको थियो ।
लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।
उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।
यसैबिच भारतले दुई दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ। चर्चित गायिका मंगेशकरको सम्झनामा भारतले आइतबार र सोमबार दुई दिन राष्ट्रिय शोक मनाउने भएको हो।
भारत रत्न पुरस्कारबाट सम्मानित बनेकी गायिका मंगेशकरको शोकमा भारतले आफ्नो राष्ट्रिय झण्डा दुई दिनसम्म आधा झुकाउने भएको छ।