२०८३ असार २० शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २० शनिबार

सर्लाही | सशस्त्र प्रहरी २ नम्बर प्रदेश मुख्यालय बर्दिबासबाट खटिएकाे स्क्वार्ड टाेलीले ठूलाे मात्रामा लागू औषध समात्न सफल भएकाे छ ।

काराेबारीले भारतीय सीमावर्ती शहरबाट माेटटरसाइकलकाे पछाडि बाेरामा राखेर नेपालतर्फ ल्याउँदै गरेकाे १२ हजार पिस नाइट्राेभेट इन्जेक्शन बरामद गर्न सफल भएकाे प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भएकाे छ ।

विशेष सुराकिकाे आधारमा सुक्रवार दिउँसाे सर्लाहीकाे बरहथवा नगरपालिका १७ स्थित नहर सडक खण्डबाट चेकजाँच गर्दा बा ५५ प ९२८ नम्बरकाे कालाे रंगकाे पल्सर माेटरसाइकलसहित ठूलाे परिमाणमा प्रतिवन्धित नाइट्राेभेट बरामद गरिएकाे हाे ।

चेकजाँच गर्ने क्रममा माेटरसाइकल छाेडेर भागेका चालक र सवारी धनीकाे खाेजी भईरहेकाे ठाडा मगरले बताउनुभयाे । बरामद गरिएकाे नाइट्राेभेट सर्लाहीकाे १० नम्बर गणमा ल्याई आवश्यक कार्यबाहीका लागि प्रहरीलाई बुझाईएकाे छ  ।

यति ठूलाे मात्रामा प्रतिबन्धित नाइट्राेभेट इन्जेक्शन बरामद गरेकाे सम्भवत पहिलाे पटक भएकाे प्रहरीकाे भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।