सर्लाही | धनकौलमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।
शनिवार राती साँडे ८ बजेको समयमा धनकौल गाउँपालिका २ मधुवनी नराँरोड सडकखण्डमा बरहथवाबाट कौडेना जाँदै गरेको मोटरसाईकल अनियन्त्रित भई लंगडा पुलमुनी खसेको थियो ।
प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाईकल पुलमुनी खस्दा कौडेना गाउँपालिका ३ बस्ने बर्ष ३५ का मोटरसाईकल चालक मनोज चौधरिको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको थियो भने पछाडी बसेका सोहि गाउँपालिका ५ नम्बर वडाका बर्ष १८ का दिपेश मुखियाको बाँया हात भाँचिएको अवस्थामा बरहथवास्थित भेनस अस्पतालमा उपचारका लागी लगीएको थियो ।
उपचारका क्रममा चालक चौधरिको राती ९ बजेतिर मृत्यु भएको र अर्का घाईते मुखियाको उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त सुचना अधिकारि प्रहरी निरिक्षक जटाशंकर यादवले जानकारि दिनुभयो ।
त्यसैगरि शनिवार बिहान १ बजेतिर हराएको मोटरसाईकल सहित प्रहरीले बागमतिका २ जनालाई पक्राउ गरेको छ । बागमति नगरपालिका ९ बाट ज ६ प २६०४ नम्बरको मोटरसाईकल हराएको भन्ने सुचना पाएको प्रहरीले खोजतलास गर्ने क्रममा सोहि वडाको जंगलबाट लुकाईराखेको मोटरसाईकल र २ जनालाई बिहान ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानिय १९ बर्षिय बिनोद महतो र बर्ष १८ का अनिल कुमार यादन छन । उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिवार राती १० बजेको समयमा करिव साँडे ९ केजी लागुऔषध गाँजा सहित प्रहरीले ब्रम्हपुरी गाउँपालिकाका २० बर्षिय तमने साह र बर्ष १८ का मोहम्मद शेराजलाई पक्राउ गरेको छ ।
उनीहरुलाई नवलपुरबाट मलंगवातर्फ बिआर ३० डब्ल्यु ६५६४ नम्बरको मोटरसाईकलमा चामलको सेतो बोरामा गाँजा लुकाई छिपाई लैजाँदै गर्दा शंका लागी चेकजाँच गर्दा जुटपानी नहरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सुचना अधिकारि ईन्स्पेक्टर यादवले जानकारि दिनुभयो ।
उनीहरुलाई ९ केजी ४०० ग्राम गाँजा, मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।
सर्लाही | माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनको मधेश प्रदेश तथा सर्लाही भेला सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।
लालबन्दी १ स्थित नवलपुरमा रहेको अनमोल पार्टी प्यालेसमा भएको एकिकृत समाजवादी पार्टीमा आवद्ध भूतपूर्व सैनिक तथा प्रहरीहरुको भेलाले ५१/५१ सदस्यीय मधेश प्रदेश कमिटि र सर्लाही जिल्ला कमिटी चयन गरेको नेकपा एकिकृत समाजवादी सर्लाहीका संगठन विभाग प्रमुख भरत कुमार कार्कीले जानकारी दिनुभयो।
संगठन विभाग प्रमुख कार्कीका अनुसार भेला संगठनका नेता राजकुमार खड्काको अध्यक्षता तथा एकिकृत समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको भूतपूर्व सैनिक तथा प्रहरीहरुको भेलाले राजकुमार खड्काकै अध्यक्षतामा ५१ सदस्यीय मधेश प्रदेश कमिटि गठन गरेको छ । प्रदेश कमिटिको उपाध्यक्षमा बृजकिशोर चौधरी र पूर्ण चौधरी चयन भएका छन् भने सचिवमा प्रदेशी नारायण चौधरी, सह–सचिव रबिन्द्र भट्टराई र अन्य सदस्य रहेका छन् ।

त्यस्तै भेलाले कृष्ण कुमार लामा अध्यक्ष रहेको ५१ सदस्यीय सर्लाही जिल्ला कमिटी चयन गरेको छ । नव गठित जिल्ला कमिटीको उपाध्यक्षमा क्रमशः सूर्य फुयाँल र सन्तोष देवकोटा चयन भएका छन् । त्यस्तै सचिवमा प्रेम दाहाल, सह–सचिवमा योगेन्द्र साह र नरेश चौधरीलाई चयन गरेको छ ।
भेलामा संगठनका केन्द्रीय अध्यक्ष धन बहादुर कार्की तथा पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही सह–ईन्चार्ज प्रदेश सांसद बेची लुंगेलीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका सर्लाही अध्यक्ष सुरेन्द्र लामा, प्रदेश कमिटी सदस्य रबिन्द्र भट्टराई, सचिवन गोबिन्द अधिकारी, पार्टी संगठन बिभाग प्रमुख भरत कुमार कार्की, स्थानीय तह प्रमुख एवं हरिवन ५ का वडा अध्यक्ष नागेन्द्र कुमार साहलगायतका नेता तथा कार्यकर्ता र भूतपूर्व सैनिक तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथी तथा अतिथिहरुले एकिकृत समाजवादी पार्टीले राष्ट्रको लागि काम गरिरहेकोले फेरी पनि राष्ट्रकै लागि काम गर्ने बताउनुभएको छ । राष्ट्रलाई सबल, सक्षम र सम्मुन्नत बनाउन भूतपूर्व सैनिक तथा प्रहरीहरुको योगदानलाई कहिल्यै बिर्सन नहुने भन्दै वक्ताहरुले संगठनलाई जिम्मेवार बनाउन सहयोग गर्ने बताउनुभयो ।
उनीहरुले एमसीसी राष्ट्रको हितमा नभएकोले आफ्नो पार्टीले यसको विरोध गरेको बताउनुभयो । उनीहरुले एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने पार्टीको अडान रहेको धारणा व्यक्त गरेको पार्टीका सर्लाही संगठन विभाग प्रमुख कार्कीले जानकारि दिनुभयो ।