सर्लाही | हरिवनमा नेकपा एकीकृत समाजबादी निकट अखिल नेपाल महिला सघले १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस र नगर भेला सम्पन्न गरेको छ ।
भेलाले गिता घिसिङ अध्यक्ष रहेको १ सय ५१ सदस्यीय अखिल नेपाल महिला संघको हरिवन नगर कमिटी गठन गरेको छ ।
कमिटीमा उपाध्यक्षत्रय यसोदा भट्टराई, फुर्ब शेर्पा र मनु आले, सचिब गंगा मैनाली र कोषाध्यक्ष आशा महतो रहनु भएको छ ।
सुकेपोखरी स्थित महादेव मन्दिरमा भएको नगर महिला भेलालाई एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य लक्ष्मण पौडेल, केन्द्रिय सदस्य डिल्ली उप्रेती, जिल्ला उपाध्यक्ष अन्जु पौडेल, अखिल नेपाल महिला संघकि जिल्ला अध्यक्ष रमा पौडेल, नगर अध्यक्ष चूडामणि वाग्ले लगायतले सम्बोधन गर्नु भएको थियो ।
भेलाले हरिवन नगरपालिकाले राजनैतिक प्रतिसोध साँधेर वडा नम्बर ३ कि सहयोगी कार्यकर्ता भिम कुमारी मोक्तानलाई सेवाबाट हटाएकोमा खेद प्रस्ताव पारित गरेको छ ।
भेलाका बक्ताहरुले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिनु भएको थियो ।
सर्लाही | प्रहरीले बागमतीका २ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका ७ राजघाटका बर्ष २५ का रवि कार्कि र बर्ष ३० का उमेश कुमार साह रहेका छन ।
उनिहरुलाई आईतवार राती सवा नौ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गर्दा मलंगवा ६ खुटौना नहरचौकीमा चेकजाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
पक्राउ परेका कार्किले ना५६प १०६२ नम्बरको मोटरसाईकलमा २ बोरा युरिया मल ल्याउँदै गरेको अवस्थामा र २२० सिसिको अनटेस्ट पल्सर मोटरसाइईकलमा सवार साहले ५० बोतल Cough linctus-100ml, १२ बोतल Codiwell-100ml र K-Rex-100ml ४० बोतल गरि १०२ बोतल लागुऔषध ल्याउँदै गर्दा पक्राउ गरिएको जिल्ला पहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।
त्यसैगरि सोमवार दिउँसो साँडे १ बजेको समयमा ६०० पिस नाईट्राभेट सहित बागमतीकै बर्ष १७ का सुदिप बिश्वकर्मा र बर्ष १९ का मेघ बहादुर मगर पक्राउ परेका छन । उनिहरुलाई मलंगवा ८ बाट भारतबाट पैदल हिँडेर आउँदै गर्दा शंका लागी चेकजाँच गर्दा लागुऔषध भेटिएपछि नियन्त्रण लिइएको प्रहरीले बताएको छ ।
उनिहरु दुबैजनाले १०/१० पत्ता नाईट्राभेट र SPAS TRACAN PLAS नामक लागुऔषध १६ पिस लिएर आएको भेटिएको डिएसपी बुडाथोकीले बताउनुभयो ।
उनीहरुलाई पक्राउ गरि जिल्ला अदालत मलंगवाबाट म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपी बुडाथोकीको भनाई छ ।