२०८३ जेष्ठ १० आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १० आईतवार

काठमाण्डाै | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताउनु भएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताउनु भएको हो ।

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्वन्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उहाँको भनाइ छ ।

सशस्त्र द्वन्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्क/वितर्क, पक्ष/विपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ । प्रकाश सपुतको गीतले जनयुद्धको अवमूल्यन गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले विरोध गरिरहेको बेला प्रचण्डको यो भनाइ आएको हो ।

सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी पनि दिएका छन् ।  

शपुतको बहुचर्चित र युट्युवको ट्रेन्डिङ १ मा रहेको गीत हेर्नुस् त

https://www.youtube.com/watch?v=Gep3jLq32OI

सर्लाही | अमेरिका र फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ । कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ ।

‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो ।

हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले लेखेको छ ।

गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो । ईकान्तिपुरबाट…

सर्लाही | रौतहटका पत्रकार संजय मिश्रा प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा चयन हुनु भएको छ ।

चौतारीको पोखरामा सम्पन्न नवौँ अधिवेशनबाट मिश्रा केन्द्रिय सदस्यमा चयन हुनु भएको हो । मिश्रा कटहरिया नगरपालिकामा रहेको कटहरिया एफ.एम.का प्रमुख सँगै रातोपाटी डट कम, टुडे एक्सप्रेस राष्ट्रिय दैनिक लगायतमा आबद्ध हुनुहुन्छ ।

पत्रकार मिश्रा निडर र हक्कि पत्रकारका रुपमा परिचित हुनुहुन्छ ।

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने भएको छ । 

स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । 

योसँगै २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि प्रहारी प्रधान कार्यालयले ४० दिनका लागी म्यादी प्रहरीलाई भर्ना गर्ने तयारी गरेको छ । चैतको पहिलो साता दरखास्त आह्वान गर्नेगरी तयारी भइरहेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताउनुभयो । म्यादी प्रहरीले जवान सरह तलव र रासन बापत थप ७ हजार पाउँने उहाँले जानकारी दिनुभयो । 

एसएसपी केसीका अनुसार चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरुलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरुले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन् । दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । रासन र कपडा सहित एकजना म्यादी प्रहरीका लागी राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुन्छ । 

म्यादी नियुक्ति गर्ने मापदण्ड गृह मन्त्रालयबाट स्विकृत हुन भने बाँकी छ । सो मापदण्ड स्विकृत भएपछि दरखास्त लिएर चैत २८ बाट म्यादी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी प्रहरी २०७९ वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् । 

सर्लाही | नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ ।

आइतवार राति अबेर सम्पन्न मतगणनामा सिंहले १ हजार ७५८ मत ल्याउनुभएको छ । उहाँका प्रत्यासी संस्थापनइतरका लक्ष्मण रायले रायले १ हजार ३७८ मत पाएका प्राप्त गर्नुभयो ।

उपसभापतिमा संस्थापन पक्षका डा. सरोज कुमार ‘राजु’ १ हजार ७६४ र संस्थापनइतरका नवीन अधिकारी १ हजार ४९३ मतका साथ विजयी हुनुभएको छ । उपसभापतिमा पराजित संस्थापन पक्षका शेख सदुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै‚ सचिवमा संस्थापन पक्षका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी हुनुभएको छ । संस्थापनइतरबाट सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाउनुभएको थियो ।

सहसचिवमा संस्थापन पक्षकै इन्द्रबहादुर योञ्जन १ हजार ७११ र सुनिलकुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी हुनुभयो । इतरका सूर्यबहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्रले १ हजार २३७ मत पाउनुभएको छ ।

आइतबार राति नै जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले विजयी सभापति सिंहसहित पदाधिकारीलाई बधाइ दिनुभएको थियो ।

नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काखा र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चुनावमा जम्मा ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।