निजगढ नगरपालिका–१२ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गोले विजयी भएका छन् । उनी ८ सय ७१ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार युवक मुक्तनले ६ सय २२ मत प्राप्त गरेका छन् । मुक्तनलाई २ सय ४९ मतले पराजित गर्दै गोले विजयी भएका हुन ।
वडा अध्यक्षसहित सबै सदस्य विजयी भएका छन् । यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा २ सय ६९ फराकिलो मतान्तरण सहित विजयी भएका उनी यसपटक पनि फराकिलो मतान्तरणले बिजयी भएका हुन ।
२०७४ को स्थानिय निर्वाचनमा वडा नम्बर १२ मा नेपाली काँग्रेसका ज्ञान बहादुर गोले ६ सय ३९ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सिताराम प्रसाद खतिवडले ३ सय ७० मत प्राप्त गरेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का धन बहादुर खुलालले ५६ मत, नयाँ शक्ति पार्टी, नेपालका बिनोद लामा थिङले १० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मान बहादुर गोलेले २ मत प्राप्त गरेका थिए ।




यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले २ हजार १ सय ६७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले १ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् ।
स्थानीय तह निर्वाचनको सुरुवाती परिणामबाट राष्ट्रिय प्रजातन्त्र पार्टी उत्साहित भएको छ । अधिकांशमा एक्लै र केहीमा तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएको राप्रपाले परिणामलाई उत्साहप्रद भनेको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले प्रारम्भिक रुझानमा आफ्नो दलले सोचेभन्दा राम्रो परिणाम हासिल गरिरहेको बताएका छन् ।

शाहीका अनुसार, स्थानीय तहको २.२५ प्रतिशत मत परिणाम सार्वजनिक हुँदा राप्रापाले ११ वटा वडामा वडाध्यक्ष जितेको छ । कपिलवस्तुको कृष्णनगर–१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१, रूपन्देहीको रोहिणी गाउँपालिका–१, चितवनको माडी नगरपालिका–१, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ र नवलपरासीको रामग्राम–१ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार विजयी भएका हुन् । त्यस्तै, डोटीको के.आई सिंह गाउँपालिका–७, बैतडीको सुर्नया गाउँपालिका–२, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७, धादिङको खनियाबास गाउँपालिका–१ र कञ्चनपुरको दोधारा चाँदनी १ को वडाध्यक्षमा पनि राप्रपाका उम्मेदवार विजयी भएका छन् ।
१३ स्थानीय तहमा अग्रता
प्रवक्ता शाहीका अनुसार, राप्रपाले अहिलेसम्म १३ गाउँपालिका र नगरपालिकामा लिड गरिरहेको छ । देशका अन्य स्थानीय तहमा पनि राप्रपाले दोस्रो र तेस्रो स्थानमा रहेर विपक्षी दलका उम्मेदवारलाई टक्कर दिइरहेको उनले बताए ।
२०० भन्दा बढी वडा जित्ने प्रक्षेपण
कम मतदाता रहेका स्थानीय तहको परिणाम आइसकेका छन् भने बढी मतदाता भएका स्थानमा मतगणना जारी छ ।
मतगणना निकै धिमा गतिमा अघि बढिरहेकाले अन्तिम परिणाम आउन भने समय लाग्नेछ । तथापि, वडागत नतिजा भने धमाधम सार्वजनिक भइरहेका छन् ।
मतगणनाको सुरुवाती नतिजाबाट उत्साहित राप्रपाले मत विश्लेषण गर्दै ३० भन्दा स्थानीय तहको प्रमुख र अध्यक्ष जित्ने दाबी गरेको छ । शाहीले मतगणनाको रुझान यस्तै रहेमा २०० भन्दा बढी वडाको वडाध्यक्ष राप्रपाले जित्ने दाबी गरे ।
राप्रप्राले ११ वटा वडा अध्यक्ष मा बिजय र १३ वटा पालिका र नगरपालिका प्रमुखमा अग्रस्थानमा र देशैभरि दोस्रो र तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ,’ शाहीले भने, ‘यही परिमाण आउने हो भने करिब २०० भन्दा बढी वडा र ३० भन्दा बढी पालिका–नगरपालिका प्रमुखमा राप्रपाले जित्ने सम्भावना देखिन्छ ।’
निजगढ नगरपालिका वडा नम्बर ११ को मतगणना सुरु भएको छ ।


बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् । ११४१मत गन्दासम्म मेयर सुरेश कुमार खनाल ५९५, एमालेका सुरथ पुरीले ५४६ मत सहित पछ्याइ रहेका छन् ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन( माओवादी केन्द्र ) तर्फका रविराज दङ्गालले ५९५ र एमाले तर्फका सोममाया थिङ्गले ५४५मत हात पारेका छन ।
वडा नं १३ अध्यक्षमा कांग्रेसका ज्ञान बहादुरकाे ५९५ मत र एमालेकाे युवक मोत्तानले ५४६ मतसहित पछ्याउँदै छन् ।
भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा एमालेका उम्मेदवार विचारी थापा विजयी भएका छन्।
आइतवार बिहान साढे ३ बजे सम्पन्न मतगणनामा ६४० मत सहित थापा वडाध्यक्षमा प्यानलसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारद राईले ४७८ मत प्राप्त गरेका छन्।
वडा नम्बर २ मा ११६२ कुल मत खसेको थियो। जसमा नेकपा एमालेका उम्मेदवारहरू प्यानलै विजयी भएका हुन्।
बाराकाे निजगढमा गठबन्धनले खाता खोलेकाे छ ।
निजगढ नगरपालिका वडा नं. १३ बाट वडा अध्यक्षमा कांग्रेसका सुर्य घलान निर्वाचित भएका हुन् ।
नेकपा एमालेका कमानसिह थिङलाई पराजित गर्दै घलान निर्वाचित भएका हुन् ।
उनी २०७४ काे स्थानीय तह निर्वाचनमा झिनाे मतान्तरले निर्वाचित भएका थिए । एमालेका तिलक घलानसंग ४२ मतले उनी निर्वाचित भएका थिए ।

जनप्रतिनिधिका रुपमा पहिलो कार्यकाल पूरा गरेका घलानले याे वर्ष माओवादीकाे समेत साथ पाएका छन् । वडामा गठबन्धन नभएपनि नगरस्तरिय गठबन्धनकाे कारण उम्मेदवारी दिएकाे थिएन । माओवादीका नेता साेमबहादुर गाेलेले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिदै घलानलाइ समर्थन गरेका थिए ।






कसकाे कति मत ?
वडा नं. १३ मा कसले कति ल्याए मत हेर्नुस्
स्थानिय निर्वाचन २०७९, निजगढ नगरपालिका वडा नं १३ को मतगणना अन्तिम नतिजा सार्वजनिक
कुल १४०५ मा सम्पुर्ण मतगणना गरिएको…
मेयर:
(सुरेश खनाल) गठबन्धन:- ७५१
(सुरथ पुरी) नेकपा एमाले:- ५८३
उपमेयर:
(सोममाया थिङ) नेकपा एमाले:- ५९९
(रविराज दंगाल) गठबन्धन:- ५८९
वडा अध्यक्ष:
(सुर्य घलान) गठबन्धन:- ७७९
(कमानसिह थिङ) नेकपा एमाले:- ५८६
मेयर:
(सावित्री देवि भारती) राप्रपा:- २

रुपन्देहीको ओमसतिया गाउँपालिका बडा नम्बर एकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बराल सहित प्यानल नै बिजयी भएको छ।

बरालले १ हजार ७३८ मत ल्याएर बडा अध्यक्षमा बिजयी भएका हुन्। उनको प्रतिष्पर्धी एमालेको तर्फबाट एमालेको वडा अध्यक्षका उम्मेदवारले ६६६ मत ल्याएका छन्।
त्यसैगरी सदस्यहरुमा पनि राप्रपाका उम्मेदवार बिजयी भएका छन्। महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याएर बिजयी भएका छन्।
बराल यस अघि पनि राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

निजगढ नगरपालिका वडा नम्बर १२ को मतगणना सुरु भएको छ । वडा नम्बर १३ को मतगणना सकिए लगतै वडा नम्बर १२ को मतगणना सुरु भएको हो ।
यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर १२ मा नेपाली काँग्रेसका ज्ञान बहादुर गोले ६ सय ३९ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सिताराम प्रसाद खतिवडले ३ सय ७० मत प्राप्त गरेका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का धन बहादुर खुलालले ५६ मत, नयाँ शक्ति पार्टी, नेपालका बिनोद लामा थिङले १० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मान बहादुर गोलेले २ मत प्राप्त गरेका थिए ।
हाल यस वडाको वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गोले र नेकपा एमालेका उम्मेदवार युवक मुक्तन, राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) मान बहादुर गोले बिच प्रतिस्पर्धा रहेको छ ।
निजगढ नगरपालिका–१३ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुर्य घलान विजयी भएका छन् । उनी यसअघि २०७४ मा समेत विजयी भएका थिए ।