२०८३ जेष्ठ १० आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १० आईतवार

निजगढ वडा नंं ९ मा एमालेलाई उछिन्दै गठबन्धनका रामचन्द्र कटुवाल बिजयी भएका छन । नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीलाई पराजित गर्दै कटुवाल विजयी भएका हुन ।

वडा अध्यक्षमा गठबन्धनका उम्मेदवार कटुवालले १ सय ५५ मतान्तरले विजयी भए । उनले १ हजार ४२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारराजभण्डारीले ८ सय ८७ मत प्राप्त गरे ।

गठबन्धनबाट रामचन्द्र कटुवालले अध्यक्ष जित्दा उनको प्यानल भने आउन सकेन ।

एमालेले अध्यक्ष हार्दैगर्दा एमालेका ४ जना सदस्य निर्वाचित भएका छन् । सदस्यमा चित्रप्रसाद चौलागाई, महिला सदस्य चण्डिका उप्रेती, बविता श्रेष्ठ, ईन्द्रकुमारी सुनार निर्वाचित भएका हुन् ।

बारा : बाराको निजगढको ५ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नं. ८,१०, ११, १२ र १३ को ८ हजार ८ सय ४७ मतगणना सकिदा गठबन्धका मेयर पदका उम्मेदवार र एमालेका उपमेयर पदका उम्मेदवारले अग्रता लिएका छन् ।

मेयर पदमा गठबन्धनका उम्मेदवार सुरेश कुमार खनालले २ सय ९१ मतले अग्रता लिएका छन् । उनले तीन हजार ७ सय १२ मत ल्याएका छन् भने उनलाई एमालेका उम्मेदवार सुरथ पुरीले तीन हजार ४ सय २१ मतसहित पछ्याई रहेका छन् ।

त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले १ सय ६४ मत सहित अग्रता लिएकी छिन् । उनले ३ हजार ४ सय ५ मत ल्याउँदा गठबन्धनका रविराज दंगालले तीन हजार २ सय ३१ मत प्राप्त गरेका छन् ।

निजगढ वडा नंं १० मा गठबन्धनलाई उछिन्दै एमालेका आशाकाजी श्रेष्ठ बिजयी भएका छन । गठबन्धकबाट नेपाली कांग्रेसका उम्मेदवार पदम बहादुर मोक्तनलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन ।

निजगढ वडा नंं १० को १ हजार १ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को ११ सय मतगणनाहुँदा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ५ सय ४३ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका पदम बहादुर मोक्तनले ५ सय २४ मत ल्याई पछ्याईरहेका छन ।

निजगढ नगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ । वडा नं ८ को मतगणना गर्ने क्रममा ७ सय १ मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका स्वर्ण लामाले ३ सय ९६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतमले २ सय २५ मत ल्याई पछ्याई रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ८ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका गठबन्धकका उम्मेदवार सुरेश खनालले २ सय ८३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरथ पुरीले २ सय ७२ मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुखका गठबन्धकका उम्मेदवार रविराज दंगालले ३ सय ४१ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ५ मत प्राप्त गरेकी छन् ।

यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ८ मा नेपाली काँग्रेसका टेक बहादुर लामाले ६ सय ५५ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नकपा एमालेका दिनेश खतिवडाले ५ सय ९ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बसन्त लामा तामाङ्गले २ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरनाथ गौतमले १२ मत र राष्ट्रिय जनता पार्टी नेपालका अरमान मियांले ६ मत प्राप्त गरेका थिए ।

निजगढ वडा नंं ९ को ९ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।

वडा नं ९ को मतगणना गर्ने क्रममा ९ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका रामचन्द्र कटुवालले ४ सय ९५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीले ३ सय ५६ मत ल्याई पछ्याईनै रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ४ सय ३६ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ३ सय ९६ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ४ सय ४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोममाया थिङ्गले ३ सय ४२ मत प्राप्त गरेकी छन् ।

निजगढ वडा नंं १० को ७ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को ७ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका पदम बहादुर मोक्तनले २ सय ४० मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले ३ सय ३६ मत ल्याई पछ्याईरहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर १० मा नगरप्रमुखमा गठबन्धनको अग्रता कायम छ ।

नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ३ सय ३९ मत प्राप्त गरेका छन् नेकपा एमालेका सुरथ पुरीले ३ सय १६ मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ३ सय ३९ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले २ सय ९५ मत प्राप्त गरेकी छन् ।

निजगढ वडा नंं ९ को ८ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।

वडा नं ९ को मतगणना गर्ने क्रममा ८ सय मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका रामचन्द्र कटुवालले ४ सय ७१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश राजभण्डारीले २ सय ८५ मत ल्याई पछ्याईनै रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ९ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले ४ सय १७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ३ सय २० मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले ४ सय १७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सोममाया थिङ्गले २ सय ६० मत प्राप्त गरेकी छन् ।

निजगढ नगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ । वडा नं ८ को मतगणना गर्ने क्रममा ५ सय १ मतगणनाहुँदा वडा अध्यक्षमा गठबन्धकका स्वर्ण लामाले २ सय ८२ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद गौतमले १ सय ६९ मत ल्याई पछ्याईनै रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर ८ मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले २ सय ८ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले १ सय ९७ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले २ सय ४२ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ सय ६८ मत प्राप्त गरेका छन् ।

यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा वडा नम्बर ८ मा नेपाली काँग्रेसका टेक बहादुर लामाले ६ सय ५५ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नकपा एमालेका दिनेश खतिवडाले ५ सय ९ मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बसन्त लामा तामाङ्गले २ सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरनाथ गौतमले १२ मत र राष्ट्रिय जनता पार्टी नेपालका अरमान मियांले ६ मत प्राप्त गरेका थिए ।

झापा हल्दिबारीस्थित आफ्नो वडामा राप्रपा विजयी भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन विजय जुलुसमा सहभागी भएका छन्।

हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन्। वडा अध्यक्षमा देवी बहादुर थापा प्यानलसहित नै निर्वाचित भएका हुन्। हल्दिबारी लिङ्देनको वडा हो।

यस्तै, गाउँपालिका अध्यक्षमा राजेन्द्र लिङदेनका सहोदर भाई रवीन्द्र लिङ्देनको अग्रता कायमै छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।