२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

एजेन्सी । जाडोमा मनतातो पानी पिउँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । मनतातो पानीले निद्राबाट उठेपछिको सिथिल शरीरमा ऊर्जा दिने काम गर्छ । जसले गर्दा हामीलाई बिहानको नित्यकर्म गर्न सजिलो हुन्छ ।

जानौं न त मनतातो पानीका फाइदाहरु के कस्ता छन् : 

२३ पुस, काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गठित समितिमा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका  महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य छन् ।

निर्वाचनमा सँगै रहेको वाम–लोकतान्त्रिक गठबन्धन सरकार निर्माणका बेलासम्म नटिकेपछि बागमतीमा पनि प्रदेश सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेको छैन । यसअघि पुरानै गठबन्धनबाट बागमतीमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने लगभग पक्कापक्की थियो ।

देशकै ठूलो दल कांग्रेस सत्ताबाट एक दिनमै प्रतिपक्षको कित्तामा पुगेपछि बागमतीमा पनि सरकारको नेतृत्व गर्ने अवस्था रहेन । वर्तमान सत्तारुढ गठबन्धनमध्ये बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहुमत पुग्छ । सरकार बनाउन यी तीन दललाई साना दलको आवश्यकता छैन ।

तर, तीनवटै दलले सरकारमा दाबी गरेपछि भने गठबन्धनमा अन्योल छ । गठबन्धनभित्र भागवण्डा नटुंगिएकाले बागमतीमा कसले नेतृत्व गर्छ भन्ने अन्योलमै रहेको हो । प्रदेशमा सरकार बनाउन गठबन्धनका एमाले र माओवादीलाई राप्रपाको साथ अपरिहार्य छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक छ । तर, २७ सिटको एमाले र माओवादीको २१ सिट गरी कुल ४८ सिट हुन्छ । सरकार बनाउन एमाले र माओवालीलाई थप ८ सिट आवश्यक छ ।

एमाले र माओवादीले प्रदेशमा १३ सिट बोकेको राप्रपालाई छोडेर ७ सिटको नेकपा (एकीकृत समाजवादी)लाई साथमा लिए पनि सरकार बनाउन पुग्दैन । एमाले र माओवादीले एकीकृत समाजवादीले लिँदा पनि सरकार गठनमा थप १ सिट आवश्यक पर्छ । जसका लागि २–२ सिट भएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीमध्ये एउटालाई सरकारमा ल्याउनुपर्ने हुन्छ । तर, नेमकिपा र हाम्रो नेपाली पार्टी प्रतिपक्षमै बस्ने देखिएकाले साना दल मिलाउने सम्भावना न्यून छ । 

यसर्थ, वर्तमान गठबन्धनका दुई प्रमुख दल एमाले र माओवादीलाई बागमतीमा सरकार बनाउन राप्रपाको बढी आवश्यकता छ । उता सरकारको नेतृत्व गर्ने मुखमा पुगेर फर्किएको कांग्रेसले पनि गठबन्धनको अन्तिम सहमतिलाई कुरेर बसेको छ । गठबन्धनमा भागवण्डा नमिल्नेबित्तिक्कै सरकारबाट राप्रपा बाहिरिएको स्थितिमा र कांग्रेसले राप्रपाको साथ पाएको अवस्थामा बागमतीमा नयाँ सरकार बन्न सक्छ । ३७ सिट रहेको कांग्रेससँग वर्तमान अवस्थामा नेकपा (एकीकृत समाजवादी)पनि साथमै रहेकाले यी दुई दलको कुल सिट ४४ हुन आउँछ ।

CG Group
Khukuri rum

कांग्रेस र एकीकृत समाजवादीले राप्रपाको साथ पाए बागमतीमा ५७ सिटसहित बहुमत पुर्‍याएर सरकार बनाउन सक्ने देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी र राप्रपा मिले बागमतीमा साना दलको साथ पाएर पनि एमाले र माओवादीले सरकार बनाउन सक्दैनन् । जसका कारण बागमतीमा जता राप्रपा उतै सरकार बन्ने अंकगणित छ ।

सरकारमा एमाले, माओवादी केन्द्र र राप्रपा तीनवटै दलले दाबी गरेका छन् । सरकारको नेतृत्व गरेर प्रदेश खारेज गर्ने भनेको राप्रपाको दाबी भने रोचक छ । राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापाले हेटौँडा–१०, स्थित प्रदेशसभामा प्रदेश खारेजको मुद्दा बोकेर मुख्यमन्त्रीमा दाबी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा भनेका छन्, ‘हामी पहिला सरकार चलाउँछौँ । भित्रबाटै प्रदेश खारेजीको काम गर्छौं ।’ सरकारमै बसेर प्रदेश खारेजीको मुद्दा बोक्ने उनको भनाइ छ ।

एमालेबाट संसदीय दलको नेता जगन्नाथ थपलिया (जेएन) र माओवादी केन्द्रबाट दलको नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्रीका दाबेदार हुन् । थापासहित थपलिया र जम्मकट्टेल दुवैले सरकारमा नेतृत्वको दाबी गरिरहेका छन् । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।