काठमाडौं । कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ ।
तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्याउँछ ।



कलेजोमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको खासै संकेत हुँदैन । यद्यपि समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्तिन सक्ने ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यप बताउँछन् ।
‘धेरै चिल्लो तथा कार्बोहाइड्रेटयुक्त खाना खाने र शारीरिक रूपमा सक्रिय नहुने दैनिक व्यायाम नगर्ने व्यक्तिको शरीरमा बोसो जमेर मोटोपनको समस्या देखिन थाल्छ । त्यस्ता व्यक्तिमा मोटोपनको समस्यासँगै फ्याटी लिभरको समस्या पनि देखिन्छ,’ उनी भन्छन् ।

पहिले कलेजो सुन्निएर बिस्तारै कलेजो सुक्दै जाने र काम गर्न नसक्ने लिभर सिरोसिसको समस्या मदिरापनको अत्यधिक सेवन र हेपाटाइटिस बी र सीको कारण हुने गर्थ्यो । तर पछिल्लो समय फ्याटी लिभरका कारण लिभर सिरोसिस हुनेको संख्या बढेको पाइएको डा. कश्यप भन्छन् ।
धेरैजसो व्यक्तिमा फ्याटी लिभरको कुनै लक्षण नदेखाउन पनि सक्छ । तर केहीलाई थकान, पेटको माथिल्लो दायाँपट्टि असुविधा वा भारी महसुस हुन सक्ने उनी बताउँछन् ।
जटिलता
कलेजोमा बोसो जम्मा हुँदा कलेजोको कार्यक्षमता पूर्ण रूपमा प्रभावित हुन्छ र यसका कारण कलेजोले काम गर्दैन । यसको उपचार गरिएन भने यसबाट पीडित व्यक्तिलाई ‘लिभर सिरोसिस’को समस्या हुन सक्ने कश्यप बताउँछन् ।
‘लिभर सिरोसिस हुँदा खानाको नलीको नशा फुटेर मुखबाट रगत आउने, बेहोसपन, शरीरमा प्रोटिनको कमी भएर हातखुट्टा सुन्निने, पेटमा पानी भरिने र फ्याटी लिभरको समस्या बढ्दै जाँदा क्यान्सर लगायतका गम्भीर समस्या निम्तन सक्छ,’ उनी बताउँछन् ।
फ्याटी लिभरबाट कसरी बच्ने ?
स्वस्थ जीवनशैली अपनाएर, खानामा चिल्लो कम गरेर, लिभरलाई संक्रमण हुनबाट बचाएर फ्याटी लिभर तथा यसको जटिलताबाट जोगाउन सकिन्छ । त्यस्तै फ्याटी लिभर हुनबाट बच्ने एक उपाय मदिरा सेवन नगर्नु पनि हो ।
‘मोटोपन तथा अस्वस्थकर खानाका कारण फ्याटी लिभर भएमा शारीरिक गतिविधि बढाउनु पर्छ । दैनिक व्यायाम गरेर शरीरको बोसो घटाउनुपर्छ,’ डा. कश्यप भन्छन् ।
उपचार
फ्याटी लिभरको विभिन्न स्टेज हुन्छ । पहिलो, दोस्रो, तेस्रो र चौथो स्टेजपछि फाइब्रोसिस र सिरोसिसको स्टेजमा पुग्यो भने त यसको कुनै उपचार हुँदैन । कलेजो प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ ।
‘फ्याटी लिभरको अवस्था मात्र छ भने फाइब्रोसिस र सिरोसिसको अवस्थासम्म पुग्नबाट बचाउन सकिन्छ । यसको लागि खानपानमा विशेष ध्यान दिने र दैनिक व्यायाम गर्नुपर्छ,’ डा. कश्यप भन्छन्, ‘कसैलाई लिभर फङसन टेस्ट गर्दा सामान्य आएन भने औषधिको सेवन पनि गर्नुपर्ने हुन्छ ।’
ध्यान दिनुपर्ने कुरा
कलेजोमा बोसो जम्न नदिन चिल्लो र कार्बोहाइड्रेट कम भएको खानेकुरा खानुपर्छ । मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचापको समस्या भएकालाई यो समस्याले पनि सताउन सक्ने भएकाले उनीहरूले मधुमेह, उच्च रक्तचाप र मोटोपन नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ ।
फ्याटी लिभरको प्रारम्भिक चरणमा बिरामीमा कुनै लक्षण देखिंदैन । बिरामीले अन्य कुनै स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार सिटी स्क्यान गर्दा फ्याटी लिभर भएको पाइएको छ । त्यसैले मोटोपन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचापको समस्या भएको व्यक्तिले समय-समयमा स्वास्थ्य जाँच गरिरहनुपर्छ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटबमोजिम पार्टीले गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा पार्टीले गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका हुन् ।


‘गृह मन्त्रालय हामीले शक्ति बाँडफाँटमा गठबन्धनमा सम्झौता गरिसकेको विषय हो । त्यहीअनुसार पार्टीले पाउनुपर्छ भनेका थियौं,’ उनले भने, ‘प्रधानमन्त्रीले तपाईं पार्टी अध्यक्ष भएको हिसाबले तपाईं आफैँ हुँदा गृह मन्त्रालय ठीक थियो, अब हुँदैन भन्नुभयो । हामीले गृह मन्त्रालयबाटै धेरै डेलिभेरी दिन सक्थ्यौं भन्ने थियो, त्यो नभएपछि हामी रहेनौं रवि लामिछाने भन्नुभयो।’



उनले आफूले पनि पुनः गृहमन्त्री बन्न चाहेको, तर सत्ता गठबन्धनमा स्वीकार्य नभएपछि सरकारबाट बाहिरिएको बताए । ‘हामीले गृह नै माग्नुको कारण छ । सरकारमा गइसकेपछि हामीले डेलिभेरी दिनुपर्ने हुन्छ । त्यो डेलिभेरी जहाँ हुन्छ, त्यहाँ जाने हो,’ उनले भने, ‘मैले नै नपाएका कारण सरकार छोडेको होइन ।