बारा/कलैया
प्रहरीले स्थानीय बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेका पाँच जनालाई विहिबार सार्वजनिक गरेको छ ।
प्रहरीले ६१ हजार नक्कली नोटसहित उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित जीतपुर बजारमा नक्कली नोट लिएर कारोबार गरिरहेको सूचना पाएपछि प्रहरी एक जनालाई पक्राउ परेको थियो । पक्राउ परेका व्यक्तिको बयानका आधारमा थप चार जना पक्राउ परेका हुन् । बाराका प्रहरी नायब उपरीक्षक एव्म प्रवक्ता दधिराम न्यौपानेका अनुसार सर्लाही चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ का ४४ वर्षीय रामचन्द्र महतो कोईरी, बारा परवानीपुर गाउँपालिका वडा नम्बर ५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका वडा नम्बर १० बिशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट भारतीय सिमकार्डसहितको सात थान मोबाइल समेत बरामद भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो
सुनसरी — सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका आरोपीलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र-१ का अर्जुन विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई धरान-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
विश्वकर्माले २०६१ मंसिर २३ गते एक १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । करणी गरी फरार रहेका विश्वकर्मामाथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो ।

पक्राउ परेका विश्वकर्मालाई शुक्रबार नै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रतिक्रिया