२०८३ श्रावण ३० शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ३० शनिबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा पनि नवीन समझदारी गरी राजसंस्था पुनर्स्थापना गर्न आग्रह गरेका छन्।

कतारी राजाको नेपाल भ्रमणको सन्दर्भमा लिङ्देनले नेपालको हिजोको अन्तराष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनर्स्थापना गर्न अपिल गरेका हुन्।

‘कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुभएको थियो भने राजालाई २१ तोपको सलामी दिईएको थियो । नेपाल सरकारले हिजो सार्वजनिक बिदा पनि दिएको छ। अमिर शेख तमीम विन अहमद अल थानीलाई नेपालमा स्वागत गर्दै उनले सामाजिक संजालमा लेखेका छन्,‘यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो। त्यसैले हीनताबोध नगरौँ ! नवीन समझदारी गरौं !! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गरौँ !!!’

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ६० रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।