२०८३ असार १५ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १५ सोमबार

 राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य एवं बारा जिविसका पूर्व सभापति राजनारायण साहको निधनप्रति दुःख व्यक्त गरेको छ । 

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा आज जारी शोक वक्तव्यमा भनिएको छ, “राप्रपाका केन्द्रीय सदस्य, बारा जिविसका पूर्व सभापति राजनारायण साहको आज निधन भएको खबरले अत्यन्तै दुःखी भएका छौँ । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौँ, साथै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

मस्तिष्कघातका कारण अस्वस्थ हुनुभएका साहको उपचारका क्रममा आज निधन भएको हो । साहको निधनबाट राप्रपाले नीति, विचार, सिद्धान्तप्रति अविचलित निष्ठा राख्ने तराइ मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको वक्तव्यमा उल्लेख गरिएको छ 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।