२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने/नजाने भन्ने विषय परिस्थितिले निर्माण गर्ने विषय भएको बताएका छन् ।

पार्टीका ७७ वटै जिल्ला अध्यक्ष भेलालाई सम्बोधन गर्दै अहिले पार्टी बलियो प्रतिपक्ष भएर बस्ने बताए ।

उनले भने, ‘हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने हो । हाम्रो चाहनाले पनि बन्दैन । हाम्रो गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा के महत्त्व हुन्छ नहुँदा के हुन्छ भन्ने पार्टीले विश्लेषण गरेर गर्छ, व्यक्तिगत चाहनाले होइन। सरकारमा पनि आवश्यकता अनुसार सहभागी हुन्छौ ठिक लागेन भने बाहिरिन्छौँ ।’

उनले कोशी प्रदेशमा सभामुख लिने आफ्ना चाहना नहुँदा नहुँदै पनि लिइएको बताए ।

उनले भने, ‘प्रदेश सरकारमा सहभागी भएको विषयलाई पनि विभिन्न जोडेर टीकाटिप्पणी भयो, हामीले सभामुख लिएपछि, कोशी प्रदेशमा म पनि लिनुहुन्न भन्ने पक्षमै थिएँ, हामीले प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि रणनीतिक रूपमा भाग लिएका हौँ ।’

उनले यो संविधानलाई पूर्ण रूपमा नमानेकाले संशोधनको पक्षमा रहेको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।