ढाका- राजीनामा दिएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि ढाकास्थित उनको सरकारी निवासमा प्रदर्शनकारीले लुट मच्चाएका छन् ।
बंगलादेशमा हसिनाको राजीनामापछि प्रदर्शनकारी ढाकास्थित प्रधानमन्त्रीको आवासमा छिरेका थिए । तस्वीरहरूमा प्रदर्शनकारीलाई प्रधानमन्त्री आवासको सामान उठाएर लगिरहेको देख्न सकिन्छ।
बंगलादेशका स्थानीय टेलिभिजन च्यानलहरुमा देखाइएका फुटेजहरुमा प्रदर्शनकारीहरु प्रधनमन्त्री निवासबाट सोफा लगायतका सामानहरू लैजाँदै गरेको दृष्य देखिएको हो ।
बंगलादेशमा गत महिनबाट विद्यार्थीहरूले कोटा प्रणाली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका थिए । पछिल्लो समय उक्त आन्दोलन हिंसात्मक बन्दै गएको थियो ।
बंगलादेशकी प्रधानमन्त्री हसिना राजीनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी थिइन् । उनले सुरक्षित उडानका लागि सेनाको हेलिकप्टर प्रयोग गरेकी थिइन् । उनी अहिले सेनाको जहाजमा भारतको दिल्लीतर लागेको बताइएको छ ।
त्यसपछि बंगलादेशका सेना प्रमुख जनरल वकार उज जमानले देशलाई सम्बोधन गर्दै मानिसहरूलाई शान्ति कायम गर्न अपील गरेका छन् ।
निजगढ/बारा
बाराको निजगढमा सञ्चालित निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने भएको छ। अस्पताल व्यवस्थापनका अनुसार कात्तिक २२ गतेदेखि अस्पतालले आफ्नै भवनबाट आँखा उपचार सम्बन्धि सेवा प्रदान गर्नेछ ।
आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले स्थानीय स्तरमा आँखाको उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।
अस्पताल व्यवस्थापनका अनुसार निजगढमा निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि बिरामीले बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यकृया सेवा पाउनेछन् ।
तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढमा प्राथमिक स्तरको आँखा उपचार सेवा प्रदान गरिरहेको छ। साथै समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ।