२०८३ भाद्र १० बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र १० बुधबार

काठमाडौँ- वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपाका कार्यसम्पादन समिति सदस्य, सांसद दिपकबहादुर सिंहले वीरगञ्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।

लामो समय तत्कालीन राप्रपा नेपालमा सक्रिय सुवेदी पछिल्लो समय पार्टीगत रुपमा निस्क्रिय रहँदै आएका थिए । केन्द्रीय पर्यवेक्षकका रुपमा पर्सामा खटिएका नेता सिंहले बिरगञ्जमा आयोजित जिल्लाको विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि सुवेदीले हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापना र देशको विद्यमान अवस्थामा परिवर्तन गर्न राप्रपालाई बलियो बनाउनुपर्ने, राप्रपालाई बलियो बनाउन समान विचार भएकाहरु संगठित हुनुपर्ने आवश्यकता बोध गर्दै आफू राप्रपामा समाहित भएको बताए ।

‘छिन्नभिन्न भएका देशभक्त राष्ट्रवादीहरु अलगअलग भएर हॅँदैन, राप्रपालाई सबल, सक्षम र अग्रणी शक्तिको रुपमा स्थापित गर्नुपर्छ,’ सुवेदीले भने ।

विस्तारित बैठकले पर्साका सबै स्थानीय तहमा पार्टीको संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा कमिटी बनाउने, निस्क्रिय रहेका कमिटीलाई सक्रिय तुल्याउने र समयमै स्थानीय तह, प्रदेश सभा समिति, क्षेत्रीय समिति र जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिएका छन् ।

कलैया (बारा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाराको आयोजना कलैया स्थित तेली समाजको भवनमा भदौ २ गते जिल्लास्तरीय विस्तारित बैठक भव्यतापूर्वक सम्पन्न भएको छ।

बैठकमा जिल्ला अध्यक्ष गिरिधारी चौधरीको सभाध्यक्षता तथा सह–महामन्त्री मोहन यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाराका पर्यवेक्षक तथा केन्द्रीय सदस्यहरू डा. राजेश गिरी, विनोद भारती, सुष्मा मिश्र, मधेश प्रदेश उपाध्यक्ष भारत मल्ल, प्रदेश सदस्य वाशुदेव तिमल्सिना लगायतले अतिथि भई मन्तब्य ब्यक्त गरिएको थियो।

जिल्ला अध्यक्ष चौधरीले विस्तारित बैठकमा जिल्लाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।पर्यवेक्षक तथा केन्द्रीय सदस्य डा. राजेश गिरी र कार्यकर्ता बीच अन्तरक्रिया, पार्टी प्रवेश, मन्तव्य आदानप्रदानसँगै अधिवेशनसम्बन्धी भावी कार्ययोजना तय गरिएको थियो भने आगामी अशोज सम्ममा स्थानीय ,प्रदेश क्षेत्र र जिल्लाको अधिबेशन गरि सक्नु पर्ने बताउनु भयको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय अध्यक्ष जलील देवानले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव लालबाबु यादवले गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।