लालबन्दी, २१ जेठ । सर्लाहीको लालबन्दीका महिलाहरुका लागी उद्यमशिलता तथा फुलको गुच्छा बनाउने तालिम सुरु भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र संयुक्त दलित नगर संजाल लालबन्दीको आयोजनामा तालिम सुरु भएको हो ।
वडाध्यक्ष कृष्ण कुमार कार्किको प्रमुख आतिथ्यतामा सुरु गरिएको हो । तालिम उद्घाटन समारोहमा वडा नम्बर ७ का वडा सदस्यहरु सुरज थापा, राधेश्याम गुप्तासहितका स्थानीय व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
यहि जेठ २८ गतेसम्म चल्ने तालिममा वडा नम्बर ७ का १५ बढि महिलाहरु सहभागी छन ।
तालिम उद्घाटन समारोह तस्विरमा हेर्नुहोस् ।



लालबन्दी, २१ जेठ । २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा वृद्धाश्रममा भोजन गराईएको छ । दिवसका अवसरमा सर्लाहीको लालबन्दी ७ मा रहेको संयुक्त दलित नगर संजालले आश्रममा मिष्ठान्न भोजन गराएको हो ।
लालबन्दी २ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमुना वृद्धाश्रममा संस्थाका पदाधिकारीहरु पुगेर बिहानको मिष्ठान्न भोजन गराइएको संस्थाका कोषाध्यक्ष टिकामाया विश्वकर्माले जानकारी दिनुभयो । दिवसका अवसरमा सबैखाले मानविय भेदभाव अन्त्य होस भन्ने कामनासहित आश्रममा आश्रीतहरुलाई भोजन गराईएको कोषाध्यक्ष टिकामायाले बताउनुभयो ।

संस्थाले आश्रममा आएर मिष्ठान्न भोजन गराएकोमा आश्रमकी ब्यवस्थापिका भवानी घिमिरेले संस्था परिवारको उन्नति, प्रगतिको कामनासहित धन्यवाद व्यक्त गनुभएको थियो ।