लालबन्दी, २७ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका १६ भोर्लेनीमा रहेको श्री जनज्योती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई बुधबार विद्यालय झोला वितरण गरिएको छ । स्थानीय लालबहादुर बस्नेत र धनकुमारी बस्नेत दम्पतिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ४८ थान झोला वितरण गरेका हुन ।
आफ्ना छोराछोरी पनि सोहि विद्यालय पढेर गएकोले आफुलाई विद्यालयमा सहयोग गर्न मन लागेर झोला वितरण गरेको लालबहादुर बस्नेतले बताए । एक औपचारीक कार्यक्रममार्फत बस्नेतले विद्यार्थी, अभिभावक, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुमन लामा, वडा सदस्य सन्चर बहादुर सुनुवार लगाएतको उपस्थितीमा विद्यार्थीलाई झोला प्रदान गरेका विद्यालयका प्रधानाध्यापक राम मिलन रायले जानकारी दिनुभयो । झोला पाएपछि कलिका विद्यार्थीको मुहारमा खुसियाली छाएको थियो ।

सरकारले ल्याएको अभिभावक नै अध्यक्ष बन्नुपर्ने नयाँ नियम अनुसार विद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा सुमन लामा चयन भएपछि शिक्षक, विद्यार्थी एवं अभिभावकमा उत्साह देखिएको छ । अहिले त्यहाँको माहोल नै परिवर्तन भईरहेको महसुस गरिएको एक शिक्षकले प्रतिकृया दिनुभयो ।
थन्किएर बसेका कम्प्युटर मर्मत हुँदैछन, रंगरोगन गर्ने, विद्यालयका भित्ताहरुमा चित्रहरु बनाउने, फुल विरुवा रोप्ने देखि सजावट र सामान्य मर्मत सम्भारका कार्यहरु हुँदैछ । विद्यालय ब्यवस्थापन समिती अध्यक्ष दिनहुँजसो विद्यालय पुग्छन, प्रधानाध्यापक, शिक्षकहरु र विद्यार्थीसँग कुराकानी गर्छन । प्रधानाध्यापक रायसमेत विद्यालयलाई शुन्दर बनाउन लागीपर्नुभएको छ । विद्यार्थीहरुले पनि साथ दिईरहेका छन ।

अहिले नयाँ केहि गर्ने भन्दा पनि भएकोलाई प्रयोग गर्ने र गुणस्तरिय पठन पाठन गर्ने नै मुल उद्देश्य रहेको प्रधानाध्यापक रायको प्रतिकृया छ । ब्यवस्थापन समति अध्यक्ष सुमनले विद्यालयमा विद्यार्थीको संख्या बढाउनेतर्फ ध्यान दिएको पाइएको छ । शिक्षकहरुलेसमेत विद्यालयको स्तरोन्नतिका लागी अपुग रकम लगाएतको सहयोग गर्ने मनसाय ब्यक्त गरेका प्रधानाध्यापक रायले जानकारी दिनुभयो ।
विद्यालयमा पुग्नेहरुलाई पनि प्रधानाध्यापक रायले विद्यालयलाई केहि सहयोग गर्ने हो कि हजुर ? भनेर सोध्ने गर्नुभएको छ ।