२०८३ असार १३ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १३ शनिबार

फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । सोही समयमा सेनेगल र इराक पनि आमनेसामने हुनेछन् । यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। यसै समूहको अर्को खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ । दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्।

समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच खेल हुनेछ भने अर्को खेलमा इजिप्ट र इरान आमनेसामने हुनेछन् । यी दुवै खेल बिहान ८ः४५ बजे सुरु हुने तालिका छ । समूह चरणका यी खेलहरूले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने छन् । 

हतारमा खाना खाँदा वा राम्रोसँग नचपाई निल्दा पाचन प्रक्रियामा गम्भीर असर पर्छ। फिजिसियन डा. सीताराम श्रेष्ठका अनुसार, यसले अपच, एसिडिटी, मोटोपना बढाउने र खानाबाट पोषक तत्व अवशोषणमा बाधा पुर्‍याउने गर्दछ।

बिस्तारै चपाएर किन खाने ?
बिस्तारै-बिस्तारै आरामसित बसेर खाना खानाले सम्पूर्ण स्वास्थ्य ठीक रहनुका साथै अधिक मात्रामा खाने इच्छा समेत कम भएर जान्छ। बिस्तारै खानाले खाएको खाना राम्ररी पच्ने हुँदा शरीरले पर्याप्त मात्रामा पौष्टिक तत्व समेत प्राप्त गर्ने गर्छ।

यसको ठीक विपरीत हतार-हतार तथा छिटो-छिटो खाना खाँदा शरीरको ब्लड सुगरको लेभलमा अचानक तथा लगातार उतारचढाव हुन्छ, जसका कारण इन्सुलिन प्रतिरोधात्मक क्षमता गडबड भई मधुमेहको सम्भावना बढेर जान्छ।

फिजिसियन डा. सीताराम श्रेष्ठका अनुसार हतारमा खाना खाँदा शरीरमा निम्न असरहरू देखिन सक्छन्:

पाचन प्रणालीमा दबाब: राम्ररी नचपाई खाना निल्दा मुखमा पर्याप्त मात्रामा पाचन रस (लार) मिसिन पाउँदैन, जसले गर्दा पेटले खाना पचाउन धेरै मेहनत गर्नुपर्छ।

मोटोपना र मोटोपनाजन्य समस्या: छिटो खाना खाँदा मस्तिष्कलाई पेट भरिएको जानकारी समयमै प्राप्त हुँदैन, जसले गर्दा आवश्यकताभन्दा बढी खाइन्छ र तौल बढ्छ।

एसिडिटी र ग्यास्ट्रिक: हतारमा खाँदा खानासँगै धेरै हावा पनि पेटभित्र जान्छ, जसले पेट फुल्ने, ग्यास्ट्रिक र छाती पोल्ने समस्या निम्त्याउँछ।

मेटाबोलिक क्षमतामा ह्रास: खानालाई शक्तिमा परिणत गर्ने शरीरको प्रणाली (मेटाबोलिज्म) मा नराम्रो असर पर्छ, जसले टाइप-२ मधुमेहको जोखिम बढाउँछ।

पोषक तत्वको कमी: खाना राम्रोसँग नपच्दा शरीरले भिटामिन र खनिजहरू पूर्ण रूपमा अवशोषण गर्न सक्दैन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।