२०८३ असार १४ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १४ आईतवार

परवानीपुर, १३ असार । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ ले आज वडा भेला गरेको छ । आगामि आर्थीक वर्ष २०८३/८४ को लागी नगरपालिकाबाट विनियोजित रकम कुन कुन शिर्षकमा खर्च गर्ने भनेर वडाबासिसँग राय माग्नका लागी वडा भेला गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष गोरख बलको अध्यक्षता एवम् जिल्ला समन्वय समितीका सदस्य हेम कार्किको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा बिभिन्न राजनितिक दलका वडा अध्यक्ष तथा स्थानीय बासिको बाक्लो उपस्थिती रहेको थियो ।

भेलाको सुरुवातमै वडाध्यक्ष बलले यस वर्ष बडो संघर्षका साथ १ करोड ४५ लाखको हाराहारिमा बजेट ल्याउन सफल भएको र यसलाई सहि तरिकाले बाँडफाँड गरेर कार्य गर्नुपर्ने बताएका थिए । अन्य वडाको भन्दा धेरै बजेट पार्नका निम्ति पटक पटक बैठक बस्नुपरेको बताउँदै वडाध्यक्ष बलले आफ्नो कार्यकालको अन्तिम वर्ष भएकोले सबै पक्ष र क्षेत्रलाई समेटेर बजेट खर्च गरिनु पर्ने बताए । कार्यक्रममा बोल्दै सहभागीहरुले सबै पक्षलाई समेट्नुपर्ने धारणा राखे ।

खानेपानीको समस्या समाधानको लागी विशेष काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसमा ध्यान दिन वडाध्यक्षलाई आग्रह गरे । केहिले विकास निर्माणका काम भएको भएपनि त्यसको पारदर्शितामाथी प्रश्न उठाएका थिए । विद्युत, संचार, सडक, स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रमा पनि बजेट राख्न आग्रह गर्दै वडाबासिले दिगो र पारदर्शि काम गर्न खबरदारी गरेका थिए ।

जनगुनासो र जनचासोलाई सम्बोधन गर्दै वडाध्यक्ष बलले काम गरेकोलाई गरेको भन्न कन्जुस्याईं गर्नु नहुने धारणा राखे । आफु दोस्रो कार्यकालको वडाध्यक्ष भएकोले हालसम्म धेरै काम भएको भन्दै वडाध्यक्ष बलले केहि कामहरु अझै अधुरो रहेको स्विकार गरे । वडा ठुलो भएकैले सबैतिर समान ढंगले काम हुन नसकेको र बजेट पु¥याउन नसकेको प्रति ईंगित गर्दै उनले यसपाली बिकास निर्माणसँगै जनचेतना जगाउने, वडाको डकुमेन्ट्रि बनाउने, वडाको तथ्यांक संकलन गर्ने कार्यमा पनि बजेट राखिने जानकारी गराएका थिए ।

वडाध्यक्ष बलले साविक परवानीपुर गाबिसको समेत उपाध्यक्ष गरि ३ पटक जनप्रतिनिधि भईसकेकाले अब आफुले २०८४ को चुनावमा युवा उम्मेदवारलाई समर्थन गर्नेसमेत बताए । वडा कार्यालय नजिक खाँडादेवी मन्दिर छेउको सार्वजनिक भवनमा वडाभेला सम्पन्न भएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।