२०८३ असार ३१ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ३१ बुधबार

लालबन्दी, ३० असार । सर्लाहीको लालबन्दीमा रहेको प्रेमज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई दिदिबहिनी जागरण समुहले कापि, पेन्सिल र केहि थान ब्याग वितरण गरेको छ । आज मंगलबार बिहान विद्यालयमै पुगेर सो समुहले विद्यालयमा अध्ययनरत बिपन्न परिवारका विद्यार्थीलाई विद्यालय समाग्री वितरण गरेको हो ।

विद्यालयकी प्रधानाध्यापक तुलसा गौतमका अनुसार सो समुहले २२ दर्जन कापि, ४५ बट्टा पेन्सिल र ५ थान ब्याग विद्यार्थीका लागी उपलब्ध गराएको हो । कापि, पेन्सिल र ब्याग पाएपछि विद्यार्थीहरु खुसि देखिएका थिए । लालबन्दी नगरपालिका भित्रका आधारभुत विद्यालयहरुमध्ये उत्कृष्ट विद्यालयमा पर्ने प्रेमज्योतीमा दिदिबहिनी जागरण समुहले सहयोग गरेकोमा प्रधानाध्यापक गौतमले धन्यवाद दिनुभएको थियो ।

यो सँगै दिदिबहिनी जागरण समुहले बिभिन्न स्थान र समयमा गरि असार महिनामा मात्रै १ लाख ५१ हजार बराबरको सहयोग गरेको छ । सेवा नै धर्म हो भन्ने नारा लिएर स्वतन्त्र रुपमा सेवामा जुट्दै सेवा गर्दै आएको सो समुहले असार महिनामा पद्म भुवनेश्वरी नमुना बेद्धाश्रम जुटपानीलाई ४० थान प्लाष्टिकको कुर्चि सहयोग गरेको छ । त्यसैगरि आत्मज्ञान केन्द्र लालबन्दी र जानकी माबि लालबन्दीको अक्षय कोषमा २५ हजार ५५५ का दरले सहयोग गरेको छ ।

समुहकी रेणुका खड्काका अनुसार कामेश्वर शिवालय लालबन्दी ६ को अक्षयकोषमा ५० हजार ५५५ का साथै अन्य आवश्यक सामाग्रीहरु प्रदान गरिएको छ । २५ जनाको समुहबाट सेवा गर्न सुरु गरेको सो समुहमा हाल ३०२ जना महिलाहरु रहेका छन । प्रत्येक ३ महिनामा हरेक सदस्यबाट ५०० का दरले उठाएर समाजसेवाका बिभिन्न काममा खर्च गर्दै आएको सो समुहले पछिल्लो समय चर्चा बटुल्न थालेको छ । २०७९ सालमा रेणुका खड्का, रमा निरौला लगाएत भएर सुरु गरेको समुहले बिना स्वार्थ समाजका गरिव, बिपन्न, असहाय तथा विद्यालय, मन्दिर लगाएतमा आर्थिक सँगै अन्य सहयोग गर्दै आएको छ ।

यो समुहमा सामेल हुने र सहयोग गर्नेको संख्या क्रमशः बढिरहेको रमा निरौलाले बताउनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।