२०८३ असार २६ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २६ शुक्रबार

‘गोल्डेन बुट’को दौडमा एम्बाप्पे, पछि परे मेसी

सर्लाही । फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले जारी विश्वकपमा अहिले सम्म ८ गोल छन् । आज बिहान भएको राउन्ड अफ ८ को खेलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गर्दा एम्बाप्पेले १ गोल गरे । 

आज गरेको १ गोलसँगै सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेसीभन्दा एम्बाप्पे अघि आएका छन् । जारी विश्वकपका यसअघि भएका ५ खेलमा एम्बाप्पेले ७ गोल गरिसकेका थिए । 

विश्वकपमा खेलाडीहरूबीच व्यक्तिगत अवार्डको रुपमा रहने ‘गोल्डेन बुट’ (सुनको जुत्ता)को लागि पनि तीव्र प्रतिस्पर्धा हुन्छ । प्रतियोगितामा जुन खेलाडीले बढी गोल गर्छ, उसैले ‘गोल्डेन बुट’ हात पार्छ । 

आज भएको गोलसँगै फिफा विश्वकप २०२६ अन्तर्गत हालसम्म भएका खेलमा एम्बाप्पेले गरेको गोलको सङ्ख्या ८ पुगेको हो । यो भनेको मेसीकै बराबर हो । मेसीले पनि जारी विश्वकपका अहिलेसम्म भएका खेलमा ८ गोल गरेका छन् । 

तर, आजको खेलमा फ्रान्सका डेम्बेलेले गरेको गोलमा एम्बाप्पेले असिस्टसमेत गरेका थिए । योसँगै एमबाप्पेले जारी विश्वकपमा असिस्ट सङ्ख्या ३ र गोल सङ्ख्या ८ पुगेको छ । जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसीभन्दा अगाडि देखिएका हुन् । 

जारी खेलको अहिलेसम्म मेसीले १ मात्रै असिस्ट छ ।  आजको गोलसँगै एमबाप्पेले विश्वकपका समग्र खेलमा भएको गोलसंख्या २० पुगेको छ । यो मेसीको भन्दा १ गोल मात्रै कम हो । अहिलेसम्मका विश्वकपमा मेसीको गोलसंख्या २१ छ । 

एम्बाप्पे र मेसीपछि गोल्डेन बुटको दौडमा नर्वेका स्टार खेलाडी इर्लिङ हालान्ड छन् । उनले ७ गोलसहित ‘गोल्डेन बुट’को दौडमा एम्बाप्पे र मेसीलाई पछ्याइरहेका छन् ।

२७ वर्षीय एमबाप्पे २९ वर्षीय मेसीभन्दा १ गोलले पछि रहेका २५ वर्षीय हालान्डको नाममा २ असिस्ट गोलसमेत छ । 

मेसीले जारी विश्वकप-२०२६ का सबै ५ खेलमा गोल गरेका छन् भने हालान्डले पनि आफूले खेलेका सबै पाँचै खेलमा गोल गरेका छन् ।एमबाप्पे भने जारी विश्वकपमा आफूले खेलेको १ खेलमा गोल गर्नबाट चुकेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।