सर्लाहीको ईश्वरपुरमा रुपान्तर नेपालको सामाजिक लेखापरिक्षण

199
Friendship Mobile

सर्लाही | ईश्वरपुरमा बुधवार रुपान्तर नेपालको सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ ।

नगरपालीकास्थित बयलवास बजारमा रहेको फुडस्पार्क होटलमा लेखापरिक्षण गरिएको हो । संस्थाका कार्यक्रम निर्देशक जोयल तामाङको अध्यक्षतामा भएको लेखापरिक्षण कार्यक्रममा ईश्वरपुर नगरपालीकाका प्रमुख मनोज देवकोटा, उप–प्रमुख एकावती चौधरि सहित बिभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

संस्थाले बिगत केहि बर्षदेखि ईश्वरपुर नगरपालीकाको बिभिन्न बिद्यालयमा स्वायध्ययन पुस्तक बितरण, कम्प्युटरसेट बितरण, शौचालय निर्माण एवं सुधार लगाएत बिद्यालयस्तरिय बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको संस्थाका कार्यक्रम निर्देशक तामाङ्गले जानकारि दिनुभयो ।