एमाले निकट अनेरास्ववियुको सर्लाही क्याम्पसको ५१ सदस्यिय नयाँ कमिटि गठन

225
Friendship Mobile

सर्लाही | नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सर्लाही क्याम्पस मलंगवाको क्याम्पस सम्मेलन सम्पन्न गरेको छ ।

बुधवार सम्पन्न अनेरास्ववियुको दोस्रो क्याम्पस सम्मेलनबाट अध्यक्षमा धर्मेन्द्र यादव, उपाध्यक्षमा सुभाष यादव, सचिवमा अभिषेक झा, सह–सचिवमा चन्दन यादव, कोषाध्यक्षमा मनीषा मिश्रा लगायत ५१ सदस्य चयन भएका छन ।

अनेरास्ववियु जिल्ला कमिटी सर्लाहीका अध्यक्ष शमिमबाबु खानका अनुसार कार्यक्रममा प्रमुख अतिथी अनेरास्ववियु स्थाई कमिटि सदस्य उज्ज्वल कुमार कार्की, विशिष्ट अतिथी अनेरास्ववियू प्रदेश कमिटि अध्यक्ष अञ्जना शिवाकोटी र अतिथीहरमा कमिटी इन्चार्ज सरोज चौधरी लगाएत रहेका थिए ।