बिप्लव नेतृत्वको नेकपाले मनायो माओ दिवश

609
Friendship Mobile

सर्लाही | हरिवनमा आईतवार नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एक कार्यक्रमको आयोजना गरि १२९ औँ माओ दिवश मनाएको छ ।

हरिवन नगरपालीकाको वडा नम्बर ६ मा पार्टीले एक कार्यक्रमको आयोजना गरि दिवश मनाएको अखिल नेपाल क्रान्तिकारि ट्रेड युनियन महासंघ २ नम्बर प्रदेशका ईन्चार्ज पदम मगरले जानकारि दिनुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरि कमल सुस्लिङ, जिल्ला सदस्य एन.बि.थापा, अखिल नेपाल क्रान्तिकारि ट्रेड युनियन महासंघका जिल्ला संयोजक सर्मिला तामाङ, युवा संगठन सर्लाहीका अध्यक्ष तारा लामा लगाएतको आतिथ्यता रहेको थियो ।