राप्रपा नेत्री भारतीले पाइन् सनराइज बैंकबाट बीमा भुक्तानी

653
Friendship Mobile

बारा, निजगढ

सनराईज बैंक निजगढ शाखाले एक बचत कर्तालाई बुधबार स्वास्थ्य उपचार बीमाको रकम भुक्तानी गरेको छ । बैंकले बचतकर्तालाई डबल बीमा सुविधा अन्तर्गत स्वास्थ्य सुविधा बापतको रकमको चेक बचतकर्ता निजगढ ७ की राप्रपा नेत्री सावित्रीदेवी भारतीलाई २१ हजार ६ सय ५६ रुपैयाको चेक बैंक प्रमुख प्रद्युम्न अचार्यले हस्तान्तरण गरेका हुन् ।बैंकमा बचत शाखाका बचतकर्ताले बचतगरे बापत २५ प्रतिशतको दरले बीमा सुविधा पाउँछन् ।बीमा अन्तर्गत स्वास्थ्य उपचारको लागी मेडिकल खर्च बापत वर्षको तीन पटक पाउने सुविधा पाउने अचार्यले जानकारी दिएको छ ।खाता खोलेर बचत गर्ने बानी पनि हुने र खाता खोलेका दिन देखि नै यो सुविधा पाउन सकिने उनले बताए । योजना अन्तर्गत दुर्घटना बीमा सुविधाको हकमा दुर्घटनामापरि कुनै बचतकर्ताहरुको मृत्यु वा अस्थाई तवरले ब्यक्ति असक्त भएकाहरुले पाँच लाख रुपैया भन्दा नबढ्ने गरी बचत खातामा रहेको मौजातको ४ गुणा सम्म भन्दा बढी दावि गर्न पाउने सुविधा ल्याएकोे प्रमुख अचार्यले जानकारी दिएको छ ।