सर्लाहीका सिडिओ र एसपी कोरोना संक्रमित


सर्लाही | प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कोरोना संक्रमित भएका छन । सिडियो थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा संक्रमण पुष्टि भएको हो ।
आईतबार जिल्ला अस्पताल मलंगवामा स्वाब परिक्षण गरिएकोमा सामेवार साँझ दुबैको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पोजेटिभ आएपछि अहिले दुबैजना होम आईसोलेसनमा बसेका छन ।
संक्रमण पुष्टि हुनुअघि दुबैजना नियमितजसो सार्वजनिक कार्यक्रममा सरिक हुँदै आईरहेका थिए । सिडियो गौतमले रुघाखोकी लागेपछि कोरोना परिक्षण गराएका हुन भने एसपी प्रसाईंले आफु प्रायः सिडियोको साथमै हुने भएको भन्दै कोरोना परिक्षण गराएका थिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादव पनि कोरोना संक्रमित भएका छन । जिल्ला अस्पतालमा गरिएको स्वाव परिक्षणमा यादवमा पनि संक्रमण पुष्टी भएको हो ।