अनेरास्ववियु सर्लाहीको अध्यक्षमा ढुंगाना चयन

407
Friendship Mobile

सर्लाही | नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सर्लाहीले विद्यार्थी नेता प्रज्वल ढुंगानाको संयोजकत्वमा ३१ सदस्यीय जिल्लाकमिटी चयन गरेको छ ।

बुधबार जिल्लाको लालबन्दी नगरपालिका ६ स्थित मदन आश्रीत भवनमा अनेरास्ववियुको १९ औं जिल्ला अधिवेशन भएको थियो ।

अनेरास्ववियुको केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्लाका एमाले जिल्ला संयोजक राजनारायण साह सहितका नेताहरू सहभागी भएका थिए ।

नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा सुभास मिश्र, सचिवमा आशिषबाबु दाहाल, सह-सचीवहरुमा रोशन दाहाल, सरोज चौधरी, दिलिप  बुढाथोकी कोषाध्यक्षमा कविता दास लगायत ३१ सदस्यीय चयन भएका छन ।

अधिवेशनका वक्ताहरुले देशको राजनैतिक ईतिहासमा विद्यार्थी आन्दोलनको भुमिका निकै महत्त्वपूर्ण रहेको बताएका थिए ।