माधव नेपालको निर्देशनमा मुख्यमन्त्री पाण्डेले गरे निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको अवलोकन

482
Friendship Mobile

राष्ट्रियगौरवको आयोजना दोस्रो निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल बाग्मती प्रदेशका मुख्यमन्त्री एबम एकीकृत समाजबादी पार्टी का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे ले स्थलगत अवलोकन भ्रमण गर्नु भएको थियो ।

बिहीबार भएको अवलोकनमा आयोजना प्रमुख बिजय यादव , प्रमुख जिल्ला अधिकारी बारा का कृष्ण बहादुर कटुवाल , निजगढ नगर प्रमुख सुरेस कुमार खनाल, बारा प्रहरी प्रमुख दिलिप सिह देउवा, ससस्र प्रमुख रबिन्द्र कडेल डिभिजन बन कार्यालय बारा सहायक बन अधिकृत अनिल कुमार साह, नेकपा एकीकृत समाजबादी का पोलिट्ब्युरो सदस्य दिनेश राई , समाजबादी प्रेस सगठन केन्द्रिय सदस्य जितलाल श्रेष्ठ, नेपाली कग्रेस नगर सभापति नबराज तिमल्सिना ,एकीकृत समाजबादिका नगर अध्यक्ष भिम सापकोटा, राप्रपा निजगढ नगर अध्यक्ष खडग प्रसाद उप्रेती , समाजसेबि माला लामा पत्रकार नवराज चौलागाईं लगाएत ले आयोजना को स्थलगत अबलोकन गरेका थिए ।

अबलोकन पश्चात् निजगढ नगरपालिको सभा हलमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत सुमन कुमार कार्किले मुख्यमन्त्री लगाएत टोलिमा सहभागीलाई खादा लगाएर सम्मान गर्नु भयो रबिन घिमिरेले शब्द द्वारा स्वागत गर्नु भएको थियो।आयोजना प्रमुखले आयोजना समस्या तथा चुनौतीको बारेमा मुख्यमन्त्री लाई जानकारी गराउनु हुँदै टागिया बस्तिको बस्ती ब्यबस्थापन तत्काल १९१ हेक्टर रुख कटान मुख्य चुनौती रहेको बताउनु भएको थियो । सरोकार वाला हरुले चाडो भन्दा चाडो निर्माणले गति लिनु पर्नेमा जोड दिनु भयो भने जुन सरकार आएपनी आश्वासन मात्र बाडेकाले अहिले नैआयोजनाको काम सुरु हुनेमा ढुक्क हुन नसकिने बताएका थिए । मुख्यमन्त्री पाण्डे ले यो गठबन्धन को सरकार कुरा होइन काममा बिश्वास गर्ने भएकोले चाडै काम थाल्ने र यस आयोजनामा विशेष गरी पूर्व प्रधानमन्त्री माधव नेपालको विशेष चासो रहेको र उहाँकै निर्देशनमा म पनि अवलोकन गर्न आएको हुँ भन्नुभयो। निरास नभई सहभागी सबैमा ढुक्क हुन समेत भन्नू भएको थियो।