२०८३ भाद्र ६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ६ शनिबार

सर्लाही : बरहथाकी सावित्री महराको हत्या आरोपमा तीन जना पक्राउ

सर्लाही | बरहथा नगरपालिका–१० कि सावित्री महराको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–१० ताइबान का २७ वर्षका सन्तोष साह, २७ बर्षका मुकेश ब्लोन र २२ बर्षय रोहित हजरा रहेका छन् ।

उनिहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालयका एसपी कृष्ण प्रसाईंले बताएका छन ।

पुस १७ गते उपचारका लागि वीरगञ्ज जान्छु भनी घरबाट हिँडेकी सावित्री घर नफर्किएपछि खोजी शुरु भएको थियो । पुस २३ गतेको विहान १० बजेतिर बरहथवा नगरपालिका–१० स्थित रामछबिला साहको उखु बारीभित्र शव भेटिएको र उक्त शव सावित्रीको भएको पत्ता लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार सन्तोष साह हुन् ।

सन्तोष र सावित्रीबीच दुई वर्षअघिदेखि चिनजान थियो । सावित्रीका श्रीमान वैदेशिक रोजगारीमा छन् । श्रीमानले पठाएको रकमबाट जग्गा किन्ने तयारी गरेकी सावित्रीले सन्तोषलाई जग्गा खोजिदिन भन्दै दुई लाख रुपैयाँ दिएकी थिइन् ।

सावित्री र सन्तोषबीच प्रेम सम्बन्ध रहेको र पछिल्लो समय सावित्रीले विवाह गर्न दबाव दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरि बताउँछ । सन्तोषले विवाह गर्न अस्वीकार गरे, बरु हत्याको योजना बनाए ।

प्रहरीका अनुसार पुस १७ गते सन्तोष साथीहरु मुकेश ब्लोन र रोहित हजारालाई लिएर बरहथवातिर गए । तीनैजना ना ४५ प ५२०७ नम्बरको एउटै मोटरसाइकलमा चढेर बरहथवा–१० इँटा उद्योग नजिकको उखुबारीमा बसे । त्यसपछि सन्तोषले सावित्रीलाई उनको घरबाट लिएर आए र आफू पिसाब गर्ने वहानामा सावित्रीलाई एक्लै बनाइदिए । त्यही बेला ब्लोन र हजरा र साह मिलेर सावित्रीको हत्या गरेको एसपी प्रसाईंले बताए ।

हत्यापछि उनीहरुले सावित्रीको शव जलाएका प्रहरिको अनुसन्धानबाट खुलेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।