‘सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल’को अध्यक्षमा सर्लाहीका थापा चयन

193
Friendship Mobile

सर्लाही | देशभरका गैर सरकारी संस्थाहरुको छाता संगठन ‘सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल’को अध्यक्षमा सर्लाहीका हरि बहादुर थापा चयन भएका छन् ।

हालै भक्तपुरमा सम्पन्न सञ्जालको १४ औं साधारण सभाले सर्लाहीको हरिवन स्थित सहयोगि समाज नेपाल नामक संस्थाका अध्यक्ष समेत रहेका थापालाई सञ्जालको अध्यक्षमा चयन गरेको हो ।

साधारण सभाले थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

हरिवन नगरपालिका–४, पटौना निवासी थापा काठमाडौंमा रहेर वैदेशिक रोजगारमा जानेहरुलाई आईपर्ने समस्या लगायतमा काम गर्दै आईरहेका छन् ।

२०६५ सालमा स्थापित सञ्जालले आप्रवासनलाई सुरक्षित मर्यादित एवं व्यस्थित बनाउने र आप्रवासी श्रमिकहरूको अधिकारलाई स्थापित गर्न स्थापना कालदेखि निरन्तर रुपमा पैरवी गर्ने, सञ्जालीकरण गर्ने तथा सरोकारवाला निकायहररूसँग समन्वय एवं सहकार्य गर्दै आइरहेको छ ।

सञ्जालमा मुलुकभरका २८ वटा गैर सरकारी संस्थाहरु आवद्ध छन् ।