नेकपा एकीकृत समाजवादीको सर्लाही जिल्ला पार्टी कार्यालय उद्घाटन गरियो

294
Friendship Mobile

सर्लाही | सदरमुकाम मलंगवामा सोमवार नेकपा एकीकृत समाजवादीले आफ्नो जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको छ ।

कोभिड सचेतता अपनाउँदै एक कार्यक्रमका बिच जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको पार्टी प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो । पार्टीका केन्द्रिय उपाध्यक्ष एवं मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहले रिवन काटेर कार्यालय उदघाटन गरेका हुन ।

कार्यक्रममा मन्तब्य राख्दै शाहले स्थानीय चुनाब आगामी बैशाखमा गर्न नेपालको संबिधानले नै बाटो बन्द गरेको दाबी गरे । उनले संबिधानमा स्थानीय जनप्रतिनिधिको पाँच बर्षिय कार्यकाल पूरा भएको ६ महिना भित्र चुनाब गराउने प्राबधान रहेको स्मरण समेत गराए ।

जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय नेताहरु रबिन्द्र बैठा, डिल्ली उप्रेती एवं बेची लुङेली, जिल्ला उपाध्यक्ष देबेन्द्र राय, सचिब गोबिन्द अधिकारी, मलंगवा नगर अध्यक्ष राजाराम साहले मन्तब्य राखेका थिए ।

मलंगवाको शिबसागर चोकमा खुलेको कार्यालय अब नियमित रुपमा खुल्ला रहने प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेको दाबी छ ।

नेकपा एकीकृत समाजबादीको जिल्ला कार्यलय उद्घाटन कार्यक्रममा जिल्लाका अगुवा नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।