कांग्रेस नेता रिजालले गरे लालबन्दीका १५३ परिवारलाई खाध्यान्न बितरण

175
Friendship Mobile

सर्लाही | नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य ध्रुव रिजालले शनिवार सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा १५३ परिवारलाई चामल वितरण गर्नुभएको छ ।

लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी रिजालले वडा नं. -९ का अतिविपन्न १५३ परिवारलाई प्रती परिवार २० किलो चामल प्रदान गर्नु भएको हो ।

मेधस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा विपन्न परिवारलाई चामल वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश उपसभापति समेत रहेका सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभयो ।

देशमा संकट आएका बखत नेपाली कांग्रेस फलामझैं भएर खडाहुने गरेको बताउँदै मन्त्री सिंहले बामपंथी र मधेसवादी दलका कारण देश दलदलमा फसेको बताउनु भयो । उहाँले ४ वर्ष अघि बामपंथीहरूकाे भुलभुलैयामा परेर जनताले उनिहरूलाई दिएको बहुमत त्यसै खेर गएकाे बताउनुभयो ।

उहाँले आउदै गरेको स्थानीय निकाय लगायतका चुनावमा जनताले बिचार गरेर मतदान गर्नुपर्ने र कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने उहाँको तर्क थियो ।

कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी–५, मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गर्नुभएको थियो । उहाँलेे आर्थिक अवस्था कमजोर रहेका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ । आगामी दिनमा पनि आफ्नो सहयोगका कार्यक्रम निरन्तर रिजालले बताउनुभयो ।

पहिलो चरणमा लालबन्दीको वडा नंं. १ देखि १७ सम्म नै यस्ता सहयोगका कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो । नेपाली कांग्रेसका स्वतन्त्रता सेनानी तथा वयोवृद्ध नेता देवराज पाैडेलकाे अध्यक्षतामा भएको खाध्यान्न वितरण कार्यक्रममा कांग्रेस सर्लाहीका नेता कार्यकर्ताहरूकाे उल्लेख्य सहभागिता रहेको थियोे ।