घारीबथानमा ५० जना बिद्यार्थीलाई स्कुल ब्याग बितरण

522
Friendship Mobile

सर्लाही | घारीबथानमा रहेको एक बिद्यालयका ५० जना बिद्यार्थीलाई बिहिवार स्कुल ब्याग बितरण गरिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथानमा रहेको राष्ट्रिय जनता प्राथमिक बिद्यालयका बिद्यार्थीलाई स्कुल ब्याग बितरण गरिएको हो ।

बैदेशिक रोजगारिको शिलशिलामा जापानमा बस्दै आएका लालबन्दीका गौरव दाहाल र शान्ति दाहालले आफ्नो छोरा बिहान दाहालको जन्मदिनको उपलक्ष्यमा बिद्यार्थीलाई स्कुल ब्याग प्रदान गरेका हुन । दाहाल दम्पतिले लायन्स क्लव अफ लालबन्दी सिटि मार्फत घारिबथानमा रहेको बिद्यालयमा स्कुल ब्याग बितरण गरेका हुन ।

लायन्स क्लव ईन्टरनेशनलका जोन चेयर पर्सन राजकुमार न्यौपानेको उपस्थितिमा बिद्यालयका प्रधानाध्यापक, लेखा प्रमुख, वडासदस्यहरु लगाएतको उपस्थिीमा ५० ओटा स्कुल ब्याग बितरण गरिएको पर्वत दाहालले जानकारि दिनुभयो ।