लागुऔषधसहित हरिवनबाट २ जना पक्राउ

351
Friendship Mobile

सर्लाही | मंगलवार दिउँसो साँडे २ बजे सर्लाहीको हरिवनबाट प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कबिलासी नगरपालिका २ बस्ने बर्ष ३० का संजय कुमार महतो र बर्ष ५४ का अहमद अलि छन ।

महतोले चलाएको ना१४प ७७३० नम्बरको मोटरसाईकल रोकि जाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनि कालो प्लास्टिकमा लुकाएर राखेको १५ पत्ता ३०० पिस नाईट्राभेट फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

दुबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।