म्यादी प्रहरीमा भर्ना खुल्यो, चैत ११ गतेसम्म दरखास्त दिन सकिने

172
Friendship Mobile

सर्लाही | सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ ।  आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो । 

जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ ।  चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ । 

त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।