२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

सर्लाही | लालबन्दी नगरपालिकाले बुधवार एक सुचना जारी गर्दै भोली बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले आफ्नो अधिकार प्रयोग गरी बर्षमा ३ दिन बिदा दिन पाउने नियम अन्तर्गत  भोली (बिहीबार) बिदा दिने निर्णय गरेको नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनुभयो ।

पर्सि ४ गते (शुक्रबार ) तराई होलीका दिन प्रदेश बिदा अन्तर्गतको बिदा परेकोले भोली मात्रै नगरपालिकाले बिदा दिएको हो ।

यसैबीच  नगर प्रमुख खड्काले फागु पुर्णिामा अर्थात होलीको अवसरमा शुभकामना दिनु भएको छ । उहाँले रंगिन पर्व होलीको अवसरमा सम्पुर्ण लालबन्दी नगरवासी सङ्गै सबै नेपालीलाई शुभकामना दिनुभएको हो ।

उहाँले होली मनाउने नाउँमा उछृङ्खल गतिविधि नगर्न र सभ्य भएर होली मनाउन आग्रह गर्नुभयो ।

नगर प्रमुख खड्काले कसैको इच्छा बिपरित  रंग नदल्न र जबर्जस्ती नगर्न अनुरोध गर्नुभयो ।

सर्लाही | सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ ।  आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो । 

जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ ।  चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ । 

त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ। 

एजेन्सी | सलादको सेवनले शरीरलाई धेरै फाइदा हुन्छ । यो भिटामिन, खनिज र फाइबर जस्ता आवश्यक पोषक तत्वहरूले भरिएको हुन्छ । यसलाई खाएमा तपाई स्वस्थ रहनुहुन्छ । आज हामी हरियो सलादको बारेमा कुरा गर्दैछौं । यसलाई बनाउनको लागि हरियो पातहरू पालक, बन्दागोभी, काँक्रो जस्ता तरकारीहरू प्रयोग गरिन्छ । यसमा क्याप्सिकम, गाजर, टमाटर र प्याज पनि मिसाइन्छ । तपाईं सजावटको लागि धनिया पातहरू पनि थप्न सक्नुहुन्छ । कसरी बनाउने हरियो सलाद ? आज हामीले यहाँ चर्चा गरेका छौँ । 

हरियो सलाद खानुका फाइदाहरू
पेटको लागी राम्रो : हरियो सलादमा काँक्रो पनि पर्दछ। यसमा भिटामिन ए, बी१, बी६, सी, आइरन र पोटासियम पाइन्छ । साथै, ९० प्रतिशत पानी पाइन्छ । यसलाई हरियो सलादको भाग बनाउनुहोस् । यसले पेटको समस्याबाट राहत दिन्छ र शरीरमा पानीको कमी हुन दिँदैन ।

थकान हटाउन : बन्दागोभी, पालकजस्ता पातदार तरकारीबाट बनेको सलादको सेवनले थकान हटाउँछ । यसमा भिटामिन बी १२ को गुण प्रशस्त हुन्छ, जसले थकान हटाउनुको साथसाथै तपाईको मुडलाई पनि राम्रो बनाउँछ ।

कब्जियतबाट छुटकारा : हरियो सलादमा पाइने फाइबरले कब्जियत हटाउन मद्दत गर्छ । यसले पेट राम्रोसँग सफा गर्छ र ग्यासको समस्या पनि झेल्नु पर्दैन ।

आँखाका लागि फाइदाजनक : गाजरलाई सलादको भाग बनाउनुहोस् । यसमा बिटा क्यारोटिन नामक भिटामिन हुन्छ । यसले दृष्टि सुधार गर्छ । यसमा एन्टिअक्सिडेन्ट गुण पनि प्रशस्त हुन्छ जसले मधुमेह, क्यान्सर जस्ता गम्भीर रोगबाट बचाउँछ ।

हरियो सलाद कसरी बनाउने ?
आवश्यक सामग्री :

१. बन्दगोबी, पालक (मसिनो काटिएको)
 २. शिमला मिर्च (लामो काटिएको)
३.  गाजर (मसिनो काटिएको)
४. काँक्रो (मसिनो काटिएको)
५. ब्रोकाउली 
६. टमाटर र प्याज (साना टुक्रामा काटिएको)
७. हरियो धनिया (मसिनो काटिएको)
८.  नुन (आफ्नो स्वाद अनुसार)
९. कालो मिर्च र दही

हरियो सलाद बनाउने तरिका 
हरियो सागसब्जी र अन्य तरकारीहरू सफा पानीले राम्ररी धुनुहोस् । माथि वर्णन गरे अनुसार तिनीहरूलाई काट्नुहोस् । कालो मिर्च, नुन, मह, दही र भिनेगरलाई मिक्सरमा पिस्नुहोस् । यसो गरेपछि काटेको गाजर, ब्रोकाउली, सिमी, बन्दागोभी, पालक, टमाटर, प्याज, काँक्रो र क्याप्सिकमलाई फ्रिजमा राख्नुहोस् । अब कालो मिर्च, नुन, मह, दहीको पेस्टमा सबै तरकारीहरू मिलाउनुहोस् । अब मसिनो पारेर काटेको धनियाँ राखेर मिक्स गर्नुहोस् | वेबटिभिखबरको सहयोगमा …

युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । राती बिहीबारदेखि ३५ घन्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन् । 

रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु  घोषणा गरिएको हो ।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ । मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।

काठमाडौं | आईसीसी  विश्वकप लिग टु क्रिकेट अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ।

युएईमा नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ।

नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ। जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ। लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ।  यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।