बार्षिक पुण्य तिथीमा बृद्धाश्रममा नेपाल परिवारद्वारा मिष्ठान्न भोजन

316
Friendship Mobile

सर्लाही | लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवा आश्रममा आश्रीतहरुलाई आज आईतवार पनि मिष्ठान्न भोजन खुवाईएको छ ।

स्वर्गिय माता भक्त कुमारी नेपालको ४६ औँ बार्षिक पुण्य तिथीको अवशरमा छोरा बुहारीहरु कृष्ण प्रसाद नेपाल, राधादेवी नेपाल, मदन नेपाल र साबित्रा नेपालले आश्रममा मिष्ठान्न भोजन खुवाएका हुन ।

आत्मज्ञान प्रचार संघको जिल्ला सह–संयोजक एवं संचारकर्मि समेत रहनुभएका मदन नेपालले आमाको बार्षिक श्राद्धको पुण्य तिथीमा पुण्य आर्जन गर्ने उद्देश्यले आश्रममा आश्रीत बृद्ध बृद्धा एवं केटाकेटिलाई एक छाक भोजन गराईएको बताउनुभयो ।

यसैबिच शान्तिदुत प्रेम रावतको शन्देस प्रचार प्रशार गर्ने संस्था आत्मज्ञान प्रचार संघ लालबन्दीको तर्फबाट आश्रमका संरक्षक समेत रहनुभएका वासुदेव कोईरालालाई पुस्तक हस्तान्तरण गरीएको छ । भोजन ग्रहण पश्चात भिडियो प्रदर्शनी कार्यक्रम गरि पुस्तक हस्तान्तरण समेत गरिएको हो ।

प्रेम रावतद्वारा लिखित हिअर योरसेल्फ नामक पुस्तक हस्तारण गरिएको सह–संयोजक नेपालले बताउनुभयो । पुस्तक ग्रहण गर्दै कोईरालाले लामो समयदेखि प्रेम रावतको बारेमा सुन्दै आएको र ४ बर्षकै उमेरदेखि ज्ञान बाँड्न थाल्नुभएका ब्यक्तिद्वारा लिखित पुस्तक प्राप्त गरेकोमा खुसि ब्यक्त गर्नुभएको थियो ।

हाल ४८ जना आश्रीत रहेका बृद्धसेवाश्रममा हरेक दिनजसो बिभिन्न ब्यक्ति तथा संस्थाले कार्यक्रम गर्ने र भोजन खुवाउँदै आएका छन ।