गोकुलगंगा गाउँपालिका-१मा कांग्रेसको प्यानलै विजयी भएको छ। चुचुरेको वडा अध्यक्षमा कांग्रेसका छत्र बहादुर बस्नेत विजयी भएका हुन्। उनले ७१५ मत प्राप्त गरेका छन्।
यसैगरी सदस्यमा दीर्गमाया खत्रि, विमला खाती, दुर्गाबहादुर थापा र टोपबहादुर खत्री निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।