काठमाडौंमा बुधबार अपराह्न भूकम्पको धक्का

97
Friendship Mobile

काठमाडौंमा बुधबार अपराह्न भूकम्पको धक्का महसूस भएको छ।

काठमाडौंबाट १७ किलोमिटर उत्तर-पूर्व कोदारी केन्द्रबिन्दु भएर ५.९९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

अपराह्न ३ः७ बजे गएको भूकम्पको धक्का काठमाडौंसँगै सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा र धादिङ लगायतका आसपासका जिल्लामा महसूस भएको छ।

यससँगै भारत र चीनको पनि नेपालसँग जोडिएको आसपासको क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ।