२०८३ जेष्ठ २६ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २६ मंगलवार

सेनाको ‘गोरखा-काठमाण्डौँँ एकिकरण पदयात्रा’ सुरु

गोरखा- ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्धनसँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखाकाठमाण्डौँ पदयात्रा सुरु गरेको छ ।

बिहिवार बिहान गोरखा दरवारदेखि सुरु भएको पद यात्रामा नेपाली सेनाको टोली रहेको छ ।

नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकिकरण पदयात्रा सुरु भएको हो ।

यात्रामा सबुज गण, बर्दबहादुर गण, पुरानो गोरख गण, कालीबक्स गण, श्रीनाथ गण सहभागी छन । गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एता दिवसका दिन हनुमान ढोका दरबारमा पुगेर टुङ्गिने रिपुमर्दन गणनका गणपति हेम विष्टले जानकारी दिनुभयो ।

गोरखबाट हिँडेको टोलीले भिमसेन- ८ घाटबेसीमा धादिङको शिवदल गणको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछन् । धादिङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाण्डौँ पुग्ने गरी यात्रा तय भएको छ ।

नेपाल एकिकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले बिगत चार बर्षदेखि एकिकरण पदमार्गको रुपमा विकास गर्दै आएको छ ।

अहिले चौँथो पटक सेनाले औपचारीक कार्यक्रम गरेर पदयात्रा गरेको हो ।

पदयात्रा सुभारम्भ कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापति उपरथी दिपककुमार बानियाँले इतिहासको महत्व आज जति छ भोलिपनि त्यति नै हुने भएकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।

इतिहासको जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाइदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले पदयात्राको ‘रुट’लाई पर्यटकीय पदमार्गको रुपमा बिकास गर्नुपर्ने गोरखा नगरपालिकाका मेयर कृष्णराना मगरले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषाल, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यात्रामा निस्किएको टोलीलाई ठाउँठाउँमा स्थानीयले फुलमालाले स्वागत गरेका थिए ।।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।